१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीहरूले आईसीसी यू–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यू–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् । 

शुक्रबार संयुक्त रूपमा एनपीएलमा आबद्ध टोलीहरूले नेपाली यू–१९ महिला क्रिकेट टोलीलाई रु १० लाख दिने घोषणा गरेका हुन् ।

युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको आईसीसी यू–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा यूएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।

नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किसकेको छ । यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो ।

यू–१९ महिला विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ । त्यसअघि नेपालले यू–१९ एसिया कप खेल्नेछ । आगामी मङ्सिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ । 

एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् ।

नेपालले पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।