बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानले सन् २०३० को दशकको प्रारम्भमा जैविक इन्धन (बायोफ्युल)मा चल्ने नयाँ यात्रुवाहक कार ल्याउन योजना बनाएको छ।
उद्योग मन्त्रालयले कार निर्माताहरूलाई जैविक इन्धनयुक्त गाडी उत्पादनमा प्रोत्साहित गर्दै, तेल थोक बिक्रेताहरूलाई सन् २०३० सम्म १० प्रतिशत बायोएथेनोल मिश्रित पेट्रोल आपूर्ति शुरू गर्न आग्रह गर्ने उद्देश्य राखेको छ।
यो पहलले वातावरण संरक्षणलाई प्राथमिकता दिँदै जैविक इन्धनमार्फत कार्बन उत्सर्जनलाई नियन्त्रण गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।
मकै र उखुबाट उत्पादन हुने बायोएथेनोलले प्रकाश संश्लेषण प्रक्रियामा कार्बन डाइअक्साइड सोस्ने भएकाले यसको प्रयोगले वातावरणमा हुने उत्सर्जन घटाउन सहयोग पुर्याउँछ ।
मन्त्रालयले आगामी ग्रीष्म ऋतुसम्ममा अन्तिम कार्य योजना तयार गर्ने र ग्याँस स्टेसनहरूलाई बायोएथेनोल मिश्रित इन्धनको लागि आवश्यक संरचनागत तयारीमा सहयोग गर्ने तयारी गरिरहेको छ।