४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इजरायली सेनाले आइतबार दिउँसो दक्षिणी लेबनानको सीमा क्षेत्रमा एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन लेबनानी सैनिकको मृत्यु भएको छ । 

‘इजरायली सेनाले दक्षिणमा ऐन एबेल–हानेन सडकमा सेनाको एउटा गाडीलाई निशाना बनाएको र आक्रमणबाट तीन लेबनानी सैनिकको मृत्यु भएको छ’, लेबनानी सैन्य कमाण्डले भनेको छ। 

लेबनानी सैन्य स्रोतले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार इजरायली सेनाले उक्त गाडीमा सिधा रकेट प्रहार गरेको सिन्ह्वाले जनाएको छ ।

लेबनानी सैन्य स्रोतले बताएको छ, ‘इजरायली लडाकु विमानले दक्षिणी लेबनानका गाउँ, शहर र खुला क्षेत्रमा करिब ४३ वटा हवाई आक्रमण गरेका छन् भने पूर्वी लेबनानमा छोटो दुरीमा हान्ने हतियारको प्रयोग गरी १५ वटा आक्रमण गरेका छन् ।’

यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकुहरूले इजरायलको फिलन बेस, उत्तरी इजरायलमा २१० औं डिभिजनको मुख्यालय र लेबनानका विभिन्न गाउँहरूको बाहिरी भागमा इजरायली सेनाको जमघटलाई तोप र क्षेप्यास्त्रले निशाना बनाएको बताएको छ।

इजरायली सेनाले लेबनानमा गत सेप्टेम्बरको अन्त्यदेखि हिजबुल्लाहसँगको बढ्दो तनावबीच आक्रमणलाई सघन बनाइरहेको छ ।