बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । मध्य नाइजेरियाको नाइजर राज्यमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका करिब एक सय ५० यात्रुलाई उद्धार गरिएको छ ।
करिब तीन सय यात्रु सवार काठको डुङ्गा मंगलबार राति दुर्घटनामा परेको नाइजर राज्य आपत्कालीन व्यवस्थापनका महानिर्देशक अब्दुल्लाही बाबा–अरहले बताए ।
एक सय ५० जनाको सफल उद्धार स्थानीय गोताखोरलगायत स्वयंसेवकहरूको द्रुत प्रतिक्रियाको कारणले भएको सिन्ह्वाले जनाएको छ।
स्थानीय अधिकारीहरूले अझै पनि बेपत्ता मानिसहरूको खोजी र उद्धार कार्यलाई तीव्र पारेका बाबा–अरहले बताए ।
पीडितहरू नाइजर राज्यको अर्को समुदायमा धार्मिक उत्सवबाट फर्कँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बाबा–अरहले बताए ।
नाइजेरियामा डुङ्गा दुर्घटना भइरहन्छन् ।