२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

जिज्ञानकुमार थापाद्वारा लिखित ‘जापान : सपना, सङ्घर्ष र सफलता’ नामक गैरआख्यान पुस्तक पढेर भर्खरै सिध्याएँ । चक डस्टर प्रकाशन गृह बानेश्वर काठमाडौं प्रकाशक रहेको उक्त पुस्तकमा लेखक थापाले सपनाको देश जापानमा गरेको सङ्घर्ष र सफलतालाई बडो सरल र मन छुने किसिमले प्रस्तुत गरेका छन् । हेर्दै आकर्षक आवरणको उक्त पुस्तकमा थापाले बाल्यकालमै नेपालमा भेट भएका जापानी नागरिक र उनीहरूसँगको कुराकानीले जापान आउने इच्छा बढेको विषयसँगै पुस्तकको प्रारम्भ भएको छ ।

२०३६ सालमा ललितपुरमा जन्मिएका थापा बाल्यकालदेखि नै जापानी नागरिक, जापानी संस्कृति र जापानी प्रविधिका बारेमा जिज्ञासा राख्थे । विद्यार्थी जीवनमा नै जापानी भाषाको स्वअध्ययन गरेका थापा पहिलो पटक नेपालमा कार्यरत जापानको गैरसरकारी संस्थामा अनुवादकको काम गर्न पहिलोपटक जापान आएका थिए । उनको जापानसँगको सम्बन्धको शुरूवात जाइकाका स्वयंसेवक संस्थाबाट भएको उल्लेख गरेका छन् ।

त्यसबेला तीन हप्ता जापान बसेका थापालाई जापानी मोहले छोडेन । त्यसपछि २१ वर्षे उमेरमा विश्वविद्यालय शिक्षाका लागि उनी जापान आए । तर यसपटक परिस्थिति फरक थियो । अध्ययनका लागि जापान आएका थापालाई केही खर्च जुटाउनुपर्ने बाध्यता पनि थियो ।

त्यस समयमा पढ्दै अस्पतालको ऐना सफा गर्ने काम गरेका थापा आज कानागावा प्रिफेक्चर गभर्नरको सल्लाहकार बन्न सफल भएका छन् । उनै लेखक थापाले आफ्नो दुई दशक लामो जापान बसाइको अनुभवलाई साङ्गोपाङ्ग प्रस्तुत गरेको पुस्तक हो ‘जापान : सपना, सङ्घर्ष र सफलता’ । यो यात्रामा थापाले भोगेको, पढेको र देखेको वास्तविक जापानलाई सबै नेपालीले चिनून् भन्ने उद्देश्यले पुस्तकका विषय वस्तु समेटेका छन् ।

थापाले जापानको सरकारी सेवा सुविधा लिनेदेखि जापानी टेलिभिजनमा समाचार विश्लेषक बन्न गरेको संघर्ष निक्कै रोचक छ । जापानमा जुनसुकै क्षेत्रमा जापानी भाषाको प्रयोग हुनाले विदेशीले यो स्तरसम्मको सफलता हात पार्न कम मेहनतले पक्कै पुग्दैन । हामीले सहजै अनुमान लगाउन सक्छौं आफ्नो लक्ष्य प्राप्तिका लागि अनेक अप्ठ्यारा घुम्ती छिचोलेका छन् थापाले ।

जापान सरकार अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२३ डिसेम्बरसम्म जापानमा एक लाख ७६ हजार हाराहारीमा नेपालीको संख्या पुगेको छ । यसरी नेपालीको संख्या वृद्धि भइरहेको अवस्थामा कसरी क्षमता विकास र गुणस्तरमा जोड दिनुपर्छ भन्ने ज्ञान ‘जापान : सपना, सङ्घर्ष र सफलता’मार्फत पाठकले पाउँछन् । खासमा थापाले पुस्तकमा अवसरको देश जापानमा शिक्षा र स्वास्थ्य क्षेत्रका प्रावधानहरू, नेपालीहरूको अवस्था र बढ्दो क्रम, सफलता हासिल गर्ने उपायहरू, दैनिक जीवनमा पालना गर्नुपर्ने नियमदेखि लिएर विद्यार्थी जीवन कसरी उपयोगी बनाउने भन्ने विषयमा मिहिन ढंगले व्याख्या गरेका छन् ।

‘वाकाइ तोकिनो कुरो वा खात्ते देमो सिरो’ नेपाली भाषामा अर्थ लगाउँदा ‘जीवनमा दुःख गर्नुपर्छ, दुःख छैन भने किनेर भए पनि दुःख गर्नुपर्छ’ भन्ने जापानी उखानलाई शिरोधार्य गर्दै अघि बढेका थापाको अनुभवलाई साक्षी राख्ने हो भने जापानमा सफल हुन नेपाली सर्कलमा मात्र सीमित र परनिर्भर हुनुहुँदैन । फरक भाषा, संस्कृति छुट्टै परिवेश रहेको देश जापानमा आउने अवरोधहरूका बीच नहडबडाइ निरन्तर कोसिस जारी राखे सफलता अवश्य हात पर्छ ।

विद्यार्थीबाट रोजगारी हुँदै आश्रित परिवारले पनि सफलता हात पार्न सक्ने देश जापानमा समय, नियम र बाचा पालनामा नचुकेको खण्डमा जापानीले नेपालीप्रति गर्ने विश्वास बढेर जान्छ । जापानमा आफ्नोभन्दा अरुको बारेमा बढी सोच्ने गरिन्छ । आफ्नो कारण कसैलाई अप्ठ्यारो नपरोस् भन्ने सोच भएका जापानीसँग नेपालीहरू मिल्दोजुल्दो व्यवहार प्रस्तुत चुकिरहेको विषय पुस्तकमा उजागर गरेका छन् ।

जापानको सरकारी माध्यमिक विद्यालय हिरानुमा हाइस्कुलको सञ्चालक समितिमा बसेर काम गरिसकेका थापाले बालबालिकाका लागि हरेक दिन महत्त्वपूर्ण हुने उल्लेख गर्दै जापानमा जन्मेका बालबालिकाहरूलाई विभिन्न स्माइल जेमी, स्मार्ट सप्लिजस्ता एप प्रयोग गरेर वा कुमोनजस्तो ट्युसन समेत पढाउन सकिने अनुभव साटेका छन् ।

विश्वमा नै अनुशासित भनेर चिनिएका जापानी नागरिक सार्वजनिक क्षेत्रमा उपस्थिति जनाउँदा कसैलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर पुर्‍याउँदैनन् । ट्रेन, बस तथा सार्वजनिक यातायातको प्रयोग गर्दा शान्त रहने, झोला पछाडि भिरेर बोक्दा अरुलाई असर पर्ने भएर, झोला अगाडि भिरेर बोक्ने, बाटोमा हिँड्दा चुरोट खान नमिल्ने, फोहोरलाई छुट्याएर मात्र फ्याँक्ने, साइकल चलाउँदाका नियम पालना गर्ने जापानी नियम तथा संस्कृतिलाई यस किताबमा समेटिएको छ ।

किताबमा जापान र नेपालबीचको व्यापारिक सम्बन्ध कसरी बढाउने भन्ने विषयवस्तु पनि समेटिएको छ । जापानी भाषाको ज्ञान भएका नेपालीले जापानी वा विश्वलाई लक्षित व्यापार गर्नेतिर पनि नेपाली व्यवसायीहरूले व्यक्तिगत तथा सामूहिक लगानीमा काम गर्ने अवसरहरू जापानमा छन् । जापान र नेपालको व्यापारिक नेटवर्क बढाउन सके जापानका टेलिकम्युनिकेशन कम्पनी, बैंक, इन्फ्रास्ट्रक्चर लगायत डाटा सेन्टरजस्ता ठूला व्यवसाय नेपालमा गएर काम गर्न खोजिरहेका छन् । तर उनीहरूसँग भरपर्दो संस्था नभएका कारण नेपालले व्यावसायिक फाइदा लिन नसकिरहेको मूल्यांकन थापाले गरेका छन् ।

नेपाल र जापानको सरकारी स्तरका वार्ताहरूमा नेपाल सरकारको तर्फबाट औपचारिक जापानी भाषाको अनुवादक रहेका थापा नेपाली व्यवसायीले जापानमा आफ्नो उत्पादन निर्यात गर्दा एउटै गुणस्तरको सामान पठाउन नसकेको टिप्पणी गर्दै लेख्छन्, ‘नेपालबाट मगाएर सेभिनियर राम्रो बिक्री भएर फेरि मगाउँदा अर्कै आयो भन्ने कुराहरू जापानका व्यापारीबाट सुन्नमा आउँछ । यसले के देखाउँछ भने हामी यस्ता कुरालाई साना/मसिना कुरा भनेर सोच्छौं तर जापानीहरू यस्ता विषयलाई महत्त्वका साथ हेर्छन् ।’

नेपाली सामान जापानमा र जापानी पर्यटक नेपालमा पुर्‍याउन सकेको खण्डमा नेपालको आर्थिक विकास हुने देखिन्छ । जापानमा चाउचाउ, बियर लगायतका केही नेपाली उत्पादन आएका छन् । जापानमा थप नेपाली कालीगढले कुँदेका बहुमूल्य मूर्ति, नेपालको भर्जिन ल्यान्डमा उत्पादित अदुवा, बेसार, औषधिमा प्रयोग हुने जडिबुटीको माग जापानमा सोचे भन्दा राम्रो रहेको प्रसंग लेखकले उल्लेख गरेका छन् ।

साथै, जापानमा रहेका नेपाली व्यवसायी र नेपालबाट पनि गर्न सकिने व्यवसाय भनेको पर्यटन व्यवसाय हो । वार्षिक दुई करोड जापानी विदेश घुम्न जाने कुरा तथ्यांकले देखाएको छ । तर उनीहरूको रोजाइको देशमा नेपाल पर्न सकिरहेको छैन । त्यसैले जापानमा रहेका नेपालीले व्यक्तिगत पहलमा आफ्नो सम्पर्कमा रहेका जापानीहरूलाई नेपालका पर्यटकीय स्थल तथा आफू जन्मेको गाउँमा पर्यटक लिएर जान सकेको खण्डमा नेपालको स्थानीय क्षेत्रको प्रचारसँगै आयआर्जन वृद्धि हुनुका साथै जापानी समेत खुसी हुने रहेछन् भन्ने सिकाइ यस पुस्तकको अध्ययनले देखाउँछ ।

‘जापान : सपना, सङ्घर्ष र सफलता’ जापानसँग जोडिएका नागरिकका लागि ‘आँखा’ हो । किताब जापान चिनाउने एक ग्रन्थ हो । साथै यो पुस्तकले विश्वको जुनसुकै कुनामा बसे पनि जापान चिन्न र बुझ्न चाहनेहरूका लागि सेतुको काम गर्छ ।

पुस्तकमा जापानी संस्कृति, रहनसहन, परम्परा, भाषा शैलीदेखि जापान बस्दा अवलम्बन गर्नुपर्ने हरेक विषयलाई थापाले सरल ढंगले व्याख्या गरेका छन् । पुस्तकले दिने महत्त्वपूर्ण सन्देश भनेको लेखकले परदेशमा अनेकौं कष्ट सहेर सम्भव हुनेसम्मको उन्नती हात पारेका छन् । यसले जोकोहीलाई प्रेरणा दिन्छ ।