१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। यहि २२ तारिख आइतवार चिबाको माचुदो सिटीमा हुन गैरहेको नेपाल फेस्टिवलमा सयौं राष्ट्रिय झन्डा एकै साथ फहराइने भएको छ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) चिवा र माचुदो सिटिको संयुक्त आयोजनामा हुन गैरहेको उक्त फेस्टिवलमा राष्ट्रिय दिवशको अबशरमा सयौं झण्डा एकै साथ फहराउन लागेको आयोजकले जनाएको छ।

‘फेस्टिवल संगै राष्ट्रिय दिवश पनि मनाउने उद्देश्यले राष्ट्रिय झन्डा फहराउन लागिएको हो’ मूल आयोजक समितिका संयोजक राजनबाबु सुबेदीले भने ‘सांझपख स्टेज र दर्शकदृघाबाट एकै साथ नेपालको राष्ट्रिय झन्डा फहराएर राष्ट्रिय दिवश मनाइने छ।’

संस्कार र सस्कृति आदानप्रदान गर्ने मूल उद्देश्यका आयोजना गर्न लागिएको उक्त फेस्टिवलमा विभिन्न झाँकीहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ।

दुइ दर्जन भन्दा बढी स्टल रहने उक्त फेस्टिवलमा नेपालका विभिन्न पर्यटकिय क्षेत्रहरुबारे जानकारी दिनका लागि पनि स्टलहरु छुट्टाइएको छ।

‘त्यहाँ आउने जापानी नागरिकहरुलाई नेपालका पर्यटकिय क्षेत्रबारे जापानी भाषामै जानकारी गराइने छ’ स्टल ब्यबस्थापन समितिका संयोजक प्रकाश थापा मगरले भने ‘त्यसका लागि पनि छुट्टै स्टलको ब्यबस्था गरिएको हो।’

फेस्टिवललाइ फेस्टिवलमा मात्रै सिमित हुन नदिन फेस्टिवलकै अबशरमा राष्ट्रिय दिवश पनि मनाउन लागिएको आयोजकले जनाएको छ।

‘कल्चर एक्सेञ्च संगै जापानबासी सबै नेपालीलाइ एकताको शुत्रमा बाँध्नका लागि उपस्थित सबैले झन्डा फहराएर राष्ट्रिय दिवश मनाउन लागिएको हो’ गैर आवासीय नेपाली संघ चिबा क्षेत्रीय समितिका संयोजक समिर खड्काले भने ‘यसले विदेशमा रहेका नेपालीहरु पनि राष्ट्रियताको सवालमा गम्भीर छन् भन्ने संदेश जाने अपेक्षा गरेको छु।’

नेपालमा संबिधान जारी भएको दिनलाई राष्ट्रिय दिवशका रुपमा मनाउने गरिएको छ। विदेशमा रहेका नेपाली दुतावासहरुमा पनि राष्ट्रिय दिवशका अबशरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ।