१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

लिस्बन । पोर्चुगलमा सञ्चालित कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवाबाट दुई हजार चार सय बढी नेपालीले सेवा लिएका छन् ।

फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट दुई हजार चार सय ६८ सेवाग्राहीले कागजात प्रमाणीकरणलगायतका कन्सुलरसम्बन्धी सेवा लिएका हुन् । 

घुम्ती सेवाबाट दुई हजार चार सय ४८ प्रहरी चारित्रिक प्रमाणपत्र, १६ शैक्षिक प्रमाणपत्र, २० व्यक्तिगत घटना दर्ता, दुई यात्रा अनुमतिपत्र र एक मञ्जुरीनामाको प्रमाणीकरण गरी दुई हजार चार सय ६८ जनालाई सेवा प्रदान गरिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए । 

शिविरबाट दुई लाख ४६  हजार छ सय ४० युरो अर्थात् रु तीन करोड ६७ लाख नौ हजार नौ सय राजस्व सङ्कलन भएको राजदूत भट्टराईले बताए । 

घुम्ती सेवामा दूतावासका नियोग उपप्रमुख सीता बस्नेत र तृतीय सचिव दिपेन्द्रप्रसाद साह खटिएका थिए ।

दूतावासको टोलीले अगष्ट ३० देखि सेप्टेम्बर ७ सम्म गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको कार्यालयबाट कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रदान गरेको थियो ।

घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका थिए ।

घुम्ती सेवामार्फत कन्सुलर सेवा पाउँदा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट)लगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका नेपालीलाई राहत मिलेको छ ।

घुम्ती सेवा सम्पन्न भए पनि पोर्चुगलका नेपालीको सहजताका लागि कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा भने पेरिस दूतावासबाट निरन्तर प्रवाह हुने राजदूत भट्टराईले बताए।