३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इङ्ग्लिस च्यानल पार गर्ने क्रममा मङ्गलबार एउटा डुङ्गा क्षतिग्रस्त हुँदा १३ आप्रवासीको मृत्यु भएको छ । दर्जनौं आप्रवासी व्यस्त च्यानलको खतरनाक पानीमा डुबेका फ्रान्सेली तटीय शहरका मेयरले बताएका छन् ।

‘दुर्भाग्यवश डुङ्गाको तल्लो भाग खुल्यो’, बोलोग्ने–सुर–मेरको माछा मार्ने बन्दरगाह नजिकैको ले पोर्टेलका मेयर ओलिभियर बार्बरिनले भने, ‘यहाँ पीडितहरूको उपचारका लागि प्राथमिक उपचार चौकी स्थापना गरिएको थियो, यो ठूलो नाटक हो ।’

दुर्घटनामा कम्तीमा १३ आप्रवासीको मृत्यु भएको नाम उल्लेख नगर्ने सर्तमा एक सामुद्रिक उद्धार अधिकारीले बताए । 

समुद्रको उक्त क्षेत्रको निरीक्षण गर्ने फ्रान्सेली सामुद्रिक प्रान्तका प्रवक्ता एटिने बग्गियोले ‘१० भन्दा धेरै’ को मृत्यु भएको बताए । प्रान्तले डुङ्गा ग्रिस–नेज विन्दुदेखि टाढा कठिनाइमा परेको बताएको छ । 

बग्गियो र मेयर दुवैले उद्धारकर्मीहरूले ६१ आप्रवासीलाई पानीबाट उद्धार गरेको बताए । 

उत्तरी फ्रान्समा समुद्रको तापक्रम करिब २० डिग्री सेल्सियस अर्थात् करिब ६८ फरेनहाइट थियो ।