बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । युद्धग्रस्त यमनमा भीषण वर्षापछि आएको बाढीका कारण कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्र सङ्घका अनुसार बाढीबाट अन्य १३ जना अझै बेपत्ता भएका छन् भने कुल दुई लाख ६८ हजार मानिस प्रभावित भएका छन् ।
राष्ट्र सङ्घीय मानवीय एजेन्सी ओसिएचएले सोमबार जारी गरेको रिपोर्टमा जुलाईपछि अचानक आएको बाढीका कारण होडेडा प्रान्तमा ३६, इब्बमा नौ, मारिबमा आठ र ताइजमा सात जनाको मृत्यु भएको उल्लेख छ ।
‘विद्यालय, सडक र स्वास्थ्य सुविधा लगायतका सार्वजनिक पूर्वाधार प्रभावित भएका छन्,’ ओसिएचएले भनेको छ ।
होडेडा र मारिबमा मात्रै बाढीका कारण कम्तीमा छ सय जना घाइते भएका छन् र होडेडा र ताइजमा १३ जना अझै हराइरहेका छन् ।
नोट्रे डम विश्वविद्यालयका ग्लोबल एडप्टेसन इनिसिएटिभले यमनलाई यस क्षेत्रको सबैभन्दा जलवायु–संवेदनशील देशहरू मध्ये एक भएको बताएको छ ।