३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थीहरू अपहरणमा परेका छन् ।

क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासङ्घले शनिबार जारी गरेको विज्ञप्तिमा बिहीबार साँझ विद्यार्थीहरू एनुगु शहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा अपहरण भएको जनाएको छ ।

‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने, ‘मैदुगुरी र जोस विश्वविद्यालयका २० विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टर अपहरणमा परेका छन् । उनीहरुको रिहाइको बदलामा फिरौती मागिएको छ ।’

नियमित रूपमा हमला र अपहरणको निशानामा रहने गरेको एनुगुबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको ओतुक्पो शहर नजिकैको सडकबाट विद्यार्थीहरूलाई अपहरण गरिएको थियो ।

बेनु राज्यको प्रहरी जनसम्पर्क अधिकारी क्याथरिन एनेनले पनि अपहरणको पुष्टि गरेका छन् ।