१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूलाई विभिन्न ७ सुझावहरू दिएको छ ।

नयाँ शैक्षिक शत्रको शुरुवात हुन लागेको सन्दर्भमा दूतावासले एक सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूको क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउन भन्दै ७ बुँदे सुझाव दिएको हो ।

यस्ता छन् सुझावहरू

१. विद्यार्थीहरूका लागि यस दूतावासबाट यस अघि २०८१ वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययन गरी क्यानडा आउने तयारी गर्न उचित हुन्छ । उक्त सूचना नेपाली राजदूतावासको वेवसाइट https://ca.nepalembassy.gov.np/ , फेसबुक पेज Nepal Embassy, Ottawa र एक्स एकाउन्ट Embassy of Nepal, Canada (@nepal_of) मा हेर्न सकिन्छ।

२. आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको शहर आदि बारे पर्याप्त खोजी (Research) गरी बुझेर आउँदा यहाँ आइसकेपछि व्यहोर्नु पर्ने समस्या कम गर्नं सकिन्छ।अवास्तविक, अपर्याप्त र अतिरंजित प्रचार प्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगरी आउँदा विद्यार्थीहरूले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिनुपर्छ।

३. अध्ययनका लागि क्यानडा आउनु पूर्व क्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू, सिनियर वा पूर्व विद्यार्थीहरू, विद्यार्थीहरूका सोसल मिडिया नेटवर्क, सम्बन्धित शहरमा रहेका गैर आवासीय नेपाली संघ (NRN) लगायत नेपाली डायस्पोराका संघ-संस्थाहरुसंग समेत आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका संभावना आदिवारे पर्याप्त मात्रामा बुझी जानकारी लिएर, तयारीका साथ आउँदा एकै चोटी व्यहोर्नुपर्ने समस्याहरू सामना गर्न सहज हुन्छ।

४. अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्नेखाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउनुपर्दछ। क्यानडा जानासाथ रोजगारी पाइन्छ भन्ने भ्रममा पर्दा धेरै विद्यार्थीहरू विगतमा समस्यामा परेको यथार्थता बुझी क्यानडा आउँदा अध्ययनका लागि कलेज वा विश्वविद्यालयको पढाइ शुल्क, बस्ने र खाने खर्चको आवश्यक प्रवन्ध गरेर मात्र आउनुपर्छ। त्यसो नगर्दा आइसकेपछि कलिला उमेरका विद्यार्थीहरूलाई एकैचोटी पर्न जाने आर्थिक, शैक्षिक, आवास, खाने खर्च र रोजगारी अभावको तनाव र चुनौतिका कारण विद्यार्थीमा पर्न सक्ने तनाव र मनोवैज्ञानिक समस्यातर्फ अभिभावक तथा विद्यार्थी दुवैले शुरुमै सावधानी अपनाउन उचित हुन्छ।

५. विश्वभरीबाटै आउने विद्यार्थीहरूको संख्या बढेसंगै क्यानडाभरी विद्यार्थी आवास र रोजगारीका अवसरमा तिव्र चाप परेका कारण बस्ने डेरा र रोजगारीको अवसर पाउन कठिन भैरहेको देखिन्छ। यो यथार्थलाई बुझेर अध्ययनका लागि क्यानडा आउनु पूर्व बस्ने ठाउँको यकिन गरेर आउन उचित हुन्छ। सोसियल मिडियामा दिइएका विज्ञापनकै आधारमा आवासका लागि अग्रिम भाडा भुक्तानी गर्दा ठगीमा पर्न सक्ने सम्भावना बारे सचेत रहनुपर्छ।

६. क्यानडाको हावापानी शीत ऋतु (Winter) मा अत्यन्तै चिसो हुने हुँदा सो ठाँउँको हावापानी बारे पूर्वजानकारी लिएर तयारी गर्नु उचित हुन्छ।

७. भर्खर उमेरका कलिला युवा विद्यार्थीहरूले एक्कासी क्यानडा पुगेपछि अध्ययनका अतिरिक्त सबै कामहरू आफै गर्नुपर्ने जस्तै पकाउने, सरसफाई, किनमेल, परिवहन, बजार, आवतजावत आदिबारे स्थानीय तौरतरिकाबारे पूर्व जानकारी लिएर आउँदा अचानक आइपर्ने नयाँ परिस्थिति सामना गर्न सहज हुन्छ।