१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। ताइफु ७ नम्बर नाम दिइएको हुण्डरीका कारण जापानभरको जनजीवन बिहानै देखि प्रभावित भएको छ।

जापानका संचार माध्यमहरुले प्रकाशन गरेको समाचार अनुसार ताइफुको प्रभावका कारण राजधानी टोकियो देखि किनकी क्षेत्रको ओसाका लगायत र तोउहोकु क्षेत्रमा पर्ने हिरोसिमा क्षेत्रमा चल्ने तीब्र गतिका ट्रेनहरु बिहानै देखि बन्द भएका छन्।

नागोया देखि ओसाका चल्ने नोजोमी लाइन भने १ घण्टामा २ ओटा मात्रै चलिरहेको जापानको सरकारी संचार संस्था एनएचकेले समाचारमा उल्लेख गरेको छ।

त्यसैगरी ताइफुकै कारण टोकियोको हानेदा र चिबाको नारिता विमानस्थलबाट छुट्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु समेत प्रभावित भएका छन्।बिहान १० बजे सम्मको अपडेट अनुसार हानेदा र नारिता अन्तराष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने ३१९ उडानहरु रद्द गरिएको छ।

त्यस्तैगरी, जापानका विभिन्न क्षेत्र जोड्ने हाइवेहरु समेत बन्द भएको र कतिपय हाइवे सडकहरु बन्द हुने उच्च सम्भावना रहेको समाचारमा उल्लेख गरिएको छ। समाचारमा जनाइए अनुसार कान्तोउ क्षेत्रका हाइवे सडकहरु अबरुद्द हुने उच्च सम्भावना रहेकोछ।

अधिकारीहरुले ताइफुको सबै भन्दा धेरै प्रभाव चिबा प्रिफेक्चरमा पर्ने बताएका छन्। चिबा क्षेत्रमा चर्को हावा हुरी चल्नुका साथै भारी वर्षा समेत हुने भन्दै अनाबश्यक घर बाहिर ननिस्कन नागरिकलाइ आग्रह गरेका छन्।

चिबाका केही क्षेत्रमा बिद्युत आपूर्ति समेत बन्द भएको पनि समाचारमा उल्लेख गरिएको छ।