१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। जापानका प्रधानमन्त्री किसिदा फुमिओले आगामी निर्वाचनमा उमेद्वारी नदिने र पार्टीको अध्यक्ष चयन हुँदा साथ प्रधानमन्त्री बाट राजीनमा दिने घोषणा गरेसंगै प्रधानमन्त्री को बन्ला भन्ने राष्ट्रिय अन्तराष्ट्रिय चासो छ।

यही चासोका बीच जापानको सरकारी संचार सस्था एनएचकेले प्रधानमन्त्रीका आकांक्षीहरुको नाम सार्बजनिक गरेको छ। उसका अनुसार नयाँ प्रधानमन्त्रीका लागि पार्टी भित्र प्रधानमन्त्रीका लागि ४ पटक उमेद्वारी दिएका देखि ‘किसिदा क्याबिटेन’ मा मंत्री रहेकाहरु सम्मले नयाँ प्रधानमन्त्रीका लागि आकांक्षा व्यक्त गरेका छन्।

प्रधानमन्त्रीका लागि आकांक्षा राख्नेहरुमा लिबरल डेमोक्र्याटिक पार्टीका पूर्व महासचिव ६७ बर्षीय शिगेरु इसिबा पुनः प्रधानमन्त्रीका आकांक्षी देखिएका छन्। अहिले ताइवान भ्रमणमा रहेका इसिबाले २० जना सांसदको समर्थन जुटाउन सकेमा आफु उमेद्वार बन्ने तयारीमा रहेको एनएचकेले जनाएको छ।

पार्टी भित्र प्रधानमन्त्रीको उमेद्वार बन्न कम्तीमा २० जना संसदले समर्थन गर्न पर्ने लिबरल डेमोक्र्याटिक पार्टीको प्राबधान छ। यदि धेरै उमेद्वार भएमा पहिलो र दोश्रो हुनेले पुनः प्रतिस्पर्धा गर्नेछन र जित्ने पार्टी अध्यक्ष हुँदै प्रधानमंत्रीको उमेद्वार बन्नेछन्।

त्यस्तै लिबरल पार्टीको कार्यकारी समितिमा रहेका ६८ बर्षीय महासचिव मोतेगी तोसिमीचुले पनि प्रधानमन्त्रीका लागि उमेद्वार दिने तयारी गरेको एनएचकेले जनाएको छ। उनि विदेशमंत्री समेत भएर काम गरेका लिबरलका नेता हुन्।

त्यसै किसिदा क्याबिनेटमा डिजिटल मन्त्रीका रुपमा कार्यरत कोउनो तारोउले पनि प्रधानमंत्रीका लागि दाबेदारी प्रस्तुत गर्ने समाचारमा उल्लेख गरिएको छ। उनि अघिल्लो पटक पनि प्रधानमन्त्रीका आकांक्षी थिए।

यसैगरी आर्थिक सुरक्षा मन्त्री ६३ बर्षीय ताकाइचि सानाएले पनि प्रधानमन्त्रीका लागि आफु निकटका सांसदहरु संग छलफल गरिरहेको समाचारहरु सार्वाजनिक भएका छन्। उनि पनि यसअघि प्रधानमन्त्रीका लागि मैदानमा प्रवेश गरेकी थिइन्।

पाँच पटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका ४३ बर्षीय कोइजुमी सिन्जिरो, वातावरणमन्त्रीको जिम्मेवारीमा रहेका ४९ बर्षीय सम्हालेका कोबायाशी ताकायुकी र अघिल्लो पटक समेत उमेद्वारी दिएकी सेइको नोदाले पनि उमेद्वारीका लागि तयारी थालेको एनएचकेले सार्बजनिक गरेको समाचारमा उल्लेख गरेको छ।

जापानमा अर्को महिना नयाँ प्रधानमन्त्रीका लागि सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी भित्र आन्तरिक निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा निर्वाचित हुने व्यक्तिनै सत्तारुढ दलको अध्यक्ष सहित प्रधानमन्त्री बन्नेछन।

एनएचके बाट