बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। पार्ट टाइम काम खोज्न सहयोग गर्ने भन्दै पार्कमा बोलाएर जबर्जस्ती गर्न खोजेको आरोपमा एक नेपाली युवा पक्राउ परेका छन्।
गत आइतबार टोकियोको कावाता स्टेसन नजिकैको एक सेभेन इलेभेनमा १० बजेबाट काम छ भनेर बोलाइ नजिकैको पार्कमा लगेर जबर्जस्ती गर्न खोजेको आरोपमा रोकाया थर भएका एक युवक पक्राउ परेका हुन्।
‘उसले काम लगाइदिने काम गर्दोरहेछ, ओकुबोको एक नेपाली पसलमा समान किन्न जाँदा काम खोज्दिन आग्रह गरेकी थिएँ’ पीडित यूवतीले क्योदाई न्यूज संग भनिन् ‘एक पटक अन्तर्वार्तामा पनि गएको थिए, त्यसपछि १० बजे बाट काम छ भनेर बोलाएपछि म त्यहाँ पुगेको थिएँ।’
त्यसअघि उसले पसलमा प्रयोग हुने शब्दहरु सिकाइदिन्छु भनेर योचुयाको पार्कमा पनि बोलाएको उनले बताइन्। ‘त्यतिबेला साथी संगै गएको थिएँ, केही शब्दहरु सिकाइदियो अनि फर्केर आएको हो’ पीडित यूवतीले भनिन ‘पछि चाहिँ १० बजे बाट काम सुरु हुने भनेपछि म त्यहाँ गएको हुँ।’
काम सुरु हुन केही समय बाँकी रहेकाले पार्कमा बसौं भनेर पार्कमा पुगेपछि जबर्जस्ती गर्न खोज्दा आफू उसको मुखमा माटो फालेर भागेको पीडित यूवतीको भनाइ छ।
लगत्तै एक जापानीको सहयोगमा प्रहरीलाई खबर गरेपछि रोकाया थरका ति व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिइन। ‘प्रहरीले अनुसन्धानका लागि आबश्यक पर्दा बोलाउछौ भनेको छ’ उनले भनिन ‘घटना बारे मैले बिद्यालयमा पनि जानकारी गराइसकेको छु।’
आफु जापान प्रवेश गरेको भर्खर १ महिना पुगेको पनि ति युवतीको भनाइ छ।
(व्यक्तिगत गोपनीयताका कारणले पीडित र अभियुक्तको नाम समाचारमा उल्लेख गरिएको छैन। -सम्पादक)