४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । सेमिनारमा सहभागी गराउने भन्दै मोटो रकम लिएर मानिसहरुलाइ जापान लागेका बिषयमा केन्द्रिय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्ने भएको छ ।

नक्कली कागजपत्र बनाएर दर्जनौ मानिसहरुलाइ अबैध रुपमा जापान ल्याएको बिषयमा क्योदाई न्यूजले समाचार प्रकाशन गरेपछि सिआइबीले आबश्यक विवरण पठाइदिन आग्रह गर्दै अनुसन्धान गर्ने बताएको हो।

‘मानव तस्कर जस्तो गम्भीर बिषयमा समाचार प्रकाशन भएकाले विवरणहरु उपलब्ध गराइदिनु भएमा हामी अनुसन्धान गर्छौ’ सिआइबिका प्रबक्ता होबिन्द्र बोगटीले क्योदाई संगको कुराकानीमा भने।

सिआइबिका प्रबक्ता बोगटीको आग्रहपछि क्योदाई न्यूजलाइ प्राप्त सम्पूर्ण बिवरणहरु सिआइबिलाइ पठाईसकेको छ।

गैर आवासीय नेपाली संघका अध्यक्ष नविन निउरे र उपाध्यक्ष सुवास लामिछानेलाइ स्पोन्सर गराएर तयार पारेको कागजपत्र बाहिरिए पछि यो बिषय संचार माध्यम मार्फत सार्बजनिक भएको थियो।

ति कागजपत्र समिर लामा नामका व्यक्तिले तयार गरेको एनआरएका पदाधिकारीहरुले जनाएका छन्। लामा ओसाकामा रहेको सूचना पाएसंगै बिहानै ओसाका पुगेका एनआरएनए जापानका अध्यक्ष निउरेले यो समाचार तयार पार्दा सम्म उनलाई भेटेका छैनन्।

एनआरएनएको आपत्ती

यसैबीच, गैर आवासीय नेपाली संघ जापानले एक बिज्ञप्ति प्रकाशित गर्दै सम्बन्धित व्यक्तिको अनुमति बेगर आफ्ना पदाधिकारीहरुको नाम प्रयोग गरिएकाप्रति गम्भीर आपत्ती जनाएको छ।

प्रबक्ता खगराज गौतमले एक बिज्ञप्ति जारी गर्दै संस्थाका पदाधिकारीको नाम अनाबश्यक प्रयोग गर्नुले मानव तस्करमा ठुलै गिरोहको संलग्नता रहेको आशंका पैदा भएको उल्लेख गरेका छन्।