१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको टोकियोमा विभिन्न संघ सस्थाले समय समयमा अवार्ड, सेमिनार लगायतका कार्यक्रम गर्दै आएका छन्। ति अवार्ड वा सेमिनार कार्यक्रममा असम्बन्धित व्यक्तिहरुलाई आमन्त्रण गर्ने गरिएको भन्दै गुनासो नसुनिएको पनि होइन।

तर, पछिल्लो समय गैर आवासीय नेपाली संघ लगायतले सेमिनार आयोजना गरेको भन्दै नेपाल स्थित जापानी दुतावासमा ‘फर्जी’ कागजपत्र पेश गरेर दर्जनौ मान्छेहरु जापान प्रवेश गरेको रहस्य खुलेको छ।

जुलाई ६ तारिख जापानको टोकियोमा गैर आवासीय नेपाली संघ (एनआरएनए) र जिल्ला सहकारी लिमिटेड काठमान्डौको संयुक्त आयोजनामा सेमिनार गर्न लागिएको भन्दै ३ दर्जन व्यक्तिहरुको भिषा आबेदन दिएको पाइएको हो।

‘ति व्यक्तिहरु जापान पर्बेश गरेपछि हामीहरुको सम्पर्कमा आएपछि मात्रै फर्जी कागजपत्र तयार गरेर मानव तस्कर गरिएको थाह पाएका हौं’ गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष नबिन निउरेले भने ‘यस बिषयमा थप बुझ्ने काम भैरहेको छ।’

क्योदाई न्यूजलाइ प्राप्त कागजपत्र अनुसार एनआरएनए जापानका अध्यक्ष नबिन निउरेलाइ ‘स्पोन्सर’ गराइएको पत्रमा १३ जना र उपाध्यक्ष सुवास लामिछानेलाइ स्पोन्सर गराइएको पत्रमा २३ जनाको नाम उल्लेख गरिएको छ। अझ रमाइलो कुरा त के छ भने उक्त पत्रमा लामिछानेलाई पनि एनआरएनएका अध्यक्ष भनेर लेखिएको छ।

‘हामीलाईनै स्पोन्सर बनाइएको कुरा थाह पाइसके पछि थप जानकारी लिने प्रयास गरिरहेका छौं’ उपाध्यक्ष लामिछानेले भने ‘संस्थाको लेटर प्याड देखि छाप सम्म नक्कली बनाइएको भन्ने सुन्नमा आएको छ।’

‘हामीले नक्कली कागजपत्र खडा गरेर मानव तस्कर गर्नेलाइ कसरी कार्वाही प्रक्रियामा ल्याउने भन्ने बारे सम्बन्धित निकाय संग छलफल गरिरहेका छौं’ जेएमइ रेमिट्यान्सका प्रबन्धक ओम गुरुङले भने ‘ति व्यक्तिहरु जापान प्रवेश गरेको जानकारी प्राप्त भएको छ, अरु बुझ्दै छौं।’

यसरी विभिन्न संघ सस्थाका नाममा कागजपत्र खडा गरेर सेमिनारका नाममा जापान मान्छे भित्र्याउने भने समिर लामा हुन्। उनले प्रतिव्यक्ति १७ लाख लिएर उनीहरुलाई जापान प्रवेश गराएका हुन्।

लामाले एकै पटक ३६ जना व्यक्तिहरु जापान भित्र्याएको र उनी हाल ओसाकामा रहेको सूचना प्राप्त भएका आधारमा जानकारीहरु संकलन गर्ने काम भैरहेको एनआरएनए जापानले जनाएको छ।

जापानमा भिजिट भिषामा प्रवेश गरिसकेपछि ‘शरणार्थीको’ आबेदन दिन पाइने र केही समय काम गर्दै जापान बस्न पाइने भएकाले पनि यस्ता तस्करहरु थप सक्रिय भएको कतिपयको बुझाइ छ।

यसबारे थप अपडेटका लागि क्योदाई न्यूज हेर्दै गर्नुहोला।