३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । कुवेतको मङ्गाफ क्षेत्रमा रहेको श्रम आवास केन्द्रमा बुधबार आगलागी हुँदा करिब ४० जना भारतीयको मृत्यु भएको छ । साथै ५० जनाभन्दा बढी घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

घाइते भएका व्यक्तिहरूलाई कुवेतका पाँच वटा सरकारी अस्पताल अदान, जाबेर, फरवानिया, मुबारक अल कबीर र जाहरा अस्पतालमा उपचारका लागि राखिएको छ। अस्पतालका अधिकारीहरूले अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको जनाएको छ ।

‘दूतावासले सम्बन्धित कुवेती अधिकारी र कम्पनीबाट घटनाको पूर्ण विवरणहरू प्राप्त गरिरहेको छौँ । हामी शोकाकुल परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौं’, विदेश मन्त्रालयले बुधबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘दूतावासले यस दुर्भाग्यपूर्ण घटनामा घाइते भएका भारतीय नागरिकहरूलाई सबै सम्भव सहयोग प्रदान गर्न स्थानीय अधिकारीहरूसँग समन्वय जारी राखेको छ’, दूतावासले कुवेतका अधिकारीहरूबाट पूर्ण सहयोग प्राप्त गरिरहेको उल्लेख गर्दै विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसैबीच, कुवेतमा रहेको भारतीय दूतावासले घटनामा प्रभावितहरूलाई राहत प्रदान गर्न स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको छ ।