Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025
Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote
100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung
PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen
Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026
Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben?
Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten
Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten
Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen
Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen
Casino Prämie exklusive Einzahlung 2025
In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen
Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor
Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode
Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter
Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren
Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail!
Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote
Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren
Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC
टोकियो । सन् २००८ सम्म जापानमा नेपाली रेष्टुरेन्ट भेटाउन मुस्किल पर्र्थ्यो । नेपाली परिकारको स्वाद लिन मन लागे इन्डियन रेष्टुरेन्ट जानुपर्ने बाध्यता थियो । तर, अहिले समयले कोल्टे फेर्र्यो । नेपालीको जनघनत्व बढी भएको टोकियो, खानागावा, चिवा, नागोया, फुकुवका लगायतका सहरमा नेपाली रेष्टुरेन्ट भेट्न कुनै कठिनाई छैन ।

गतवर्ष जापानको खानसाई विश्वविद्यालयका एक प्रोफेसरले नेपाली रेष्टुरेन्ट सम्बन्धि गरेको अनुसन्धानलाई हेर्ने हो भने जापानभर ५ हजार ७ सय नेपाली रेष्टुरेन्ट सञ्चालनमा छन् । यतिसम्म कि राजधानी टोकियोको केन्द्रबिन्दु मानिने शिन्जुकुसँगै जोडिएको शिनओकुबो र ओकुबोमा मात्रै १ सय ३० बढी रेष्टुरेन्ट सञ्चालनमा छन् ।
शिनओकुबो र ओकुबो क्षेत्रका गल्लीहरूमा जताततै नेपाली झण्डा फर्फराएको देख्न सकिन्छ । सन् २००८ सम्म शिन्जुकु, शिनओकुबो लगायतका क्षेत्रमा भारतका व्यापारिक घरानाले सञ्चालनमा ल्याएका माहाराजा, राज प्यालेस, ग्रेड इन्डिया लगायतका रेष्टुरेन्टहरुको हालीमुहाली थियो । विगतमा ठूलो मात्रामा कारोबार गर्दै आएका यी रेष्टुरेन्ट अहिले बन्द भइसकेका छन् ।
नेपाली रेष्टुरेन्टले बजार कब्जा गरेपछि इन्डियन रेष्टुरेन्ट पाखालाग्दै गएका हुन् । कतिपय भारतीय व्यवसायी देश फर्केका छन् भने कतिपयले पेशा परिवर्तन गरेका छन् । सन् २०१३/०१४ पछि विद्यार्थी, रोजगारी र कुक भिषामा जापान आउने नेपालीको संख्यामा वृद्धि भएसँगै नेपाली रेष्टुरेन्ट व्यवसाय पनि फस्टाउँदै गएको पाइन्छ ।
‘यसको प्रमुख कारण नेपालीको संख्यामा भएको वृद्धि हो’ २४ वर्षदेखि जापान बस्दै आएका अग्रज पत्रकार तिलक मल्ल भन्छन, ‘एक दशक अघिसम्म इन्डियन रेष्टुरेन्टको विजनेस चेन जापानभर विस्तार थियो । तर, अहिले इन्डियन रेष्टुरेन्टहरु पाखा लाग्दै गएका छन् ।’
यसको अर्को कारण पनि छ । इन्डियनको तुलनामा नेपालीमा सस्तोमा खान पाइने हुनाले पनि नेपाली रेष्टुरेन्टले जापानमा बजार बिस्तार गर्दै लगेका छन् । मल्लको भनाईमा अहिले जापानमा इन्डियन रेष्टुरेन्ट संख्यात्मक रूपमा कम छन् । भएकाहरू पनि ठूला मल र सुपरमार्केटमा सिमित छन् ।
भान्से बनेर आएका थिए नेपाली
रोचक पक्ष के छ भने जापानमा नेपालीको प्रवेश इन्डियन रेष्टुरेन्टकै बाटो भएर भएको थियो । इन्डियन रेष्टुरेन्टमा कुकको रूपमा भित्रिएका नेपालीले विस्तारै आफैँ व्यवसायमा हात हाल्दा इन्डियन रेन्टुरेन्टको बजार ओगट्न सफल भएको नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली बताउँछन् ।
‘हिजो तिनै माहाराजा, राज प्यालेस, ग्रेड इन्डियामा काम गर्ने नेपाली आज व्यवसायी बनेका छन् । नेपालीले व्यवसायीक सिप भारतीयबाटै सिके’ थकालीले भने, ‘इन्डियन रेष्टुरेन्टले राम्रो सेवा सुविधा नदिएका कारण पनि आफैँ व्यवसाय सुरु गर्न नेपालीलाई बाध्य बनायो ।’
टोकियोमा नेपाली रेष्टुरेन्ट व्यवसायको इतिहास हेर्ने हो भने सन् २००० मा सिवुयामा कान्तिपुर रेष्टुरेन्ट, इबिसुमा खुम्बिला रेष्टुरेन्ट सञ्चालनमा रहेको थकाली बताउँछन् । यसपछि थकालीले सन् २००१ मा गोतान्दामा माया रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताए । ओकुबोमा इण्डियन नेपाली रेष्टुरेन्ट मिलन र केबी किचन २००५ बाट सञ्चालनमा आएको थियो । यद्यपि ती सञ्चालकले जापानीज ग्राहकलाई लक्षित गरेर रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थिए ।
सन् २००९ मा जापानबाट प्रकाशित नेपाली पत्रिका ‘नेपाली समाचार’ सञ्चालनको सहयोगको उद्देश्य राखेर शिनओकुबोमा नेपाली खाजा घर मःम सञ्चालनमा आएको थियो । लगत्तै शिनओकुबोमै अर्जुन र शिखर रेष्टुरेन्ट सञ्चालनमा आएको र त्यसयता शिनओकुबोमा एकपछि अर्को गर्दै नेपाली रेष्टुरेन्टहरू थपिएको थकालीको भनाइ छ ।
यसपछि हट चिल्ली, सोल्टी चौतारी, सोलमारी, नाङ्लो र मःम ओकुबो शाखा, थकाली भान्साघर मुस्ताङ, टोकियो रोधी क्लव, रातोभाले, रक साल्ट बार, काडे, नेपाली चुल्हो, साकुरा हुँदै हाल यसक्षेत्रमा रातोमाटो, बाजेको सेकुवा घर, नमस्ते, आँगन, चिनो, हार्दिक जस्ता नेपाली मौलिक नाम भएका रेष्टुरेन्ट सञ्चालनमा छन् ।
जापानमा अध्ययनका लागि आएका विद्यार्थी अध्ययन सकेर रेष्टुरेन्ट व्यवसायमा संलग्न हुने गरेका छन् । जापानको नेपाली रेष्टुरेन्टमा भारतीय खाना नान र करी बढी लोकप्रिय छ । तर, विदेशमा पनि नेपाली परिकार खान पाइने हुनाले रेष्टुरेन्टमा नेपालीको उपस्थिति बाक्लो हुन्छ । यद्यपी ७० प्रतिशत ग्राहक भने जापानीज नै हुने थकालीको अनुभव छ ।
महिनामै करोडौँको कारोबार
कडा मेहनत गरे एउटा सामान्य कुक पनि ठूलो व्यवसायी बन्न सक्छ भन्ने उदाहरण हुन बागलुङका दिपक सुवेदी । सन् १९९९ मा इन्डियन रेष्टुरेन्टमा कुक काम गर्न जापान भित्रिएका सुवेदी यतिबेला २२ वटा रेष्टुरेन्टको मालिक छन् ।
दिपओए नामक कम्पनी मार्फत् सुवेदीले जापानको टोकियो, खानागावा, साइतमा, ओसाका लगायतका शहरमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । रेष्टुरेन्टमा नेपालीसँगै इन्डियन र थाइ परिकार बढी पाइन्छ । २२ वटा रेष्टुरेन्टबाट वार्षिक नेपाली २ अर्र्व ५० करोड हाराहारीको कारोबार हुने सुवेदी बताउँछन् । सन् २००३ बाट व्यवसाय सुरु गरेका सुवेदीले अहिले नेपालीसहित जापानीज, इन्डियन, बंंगलादेश र थाइल्याण्डका २ सय जनालाई रोजगारी दिएका छन् ।

‘व्यवसाय सुरुगर्दा अनेकौँ कठिनाई थिए । अर्काको देश, भाषाको समस्या । धेरै साथीहरूले पागल भयो पनि भन्नुभयो । तर, इन्डियन रेष्टुरेन्टले सीपसँगै लगनशिलता सिकायो’ सुवेदी भन्छन, ‘आज मैले सञ्चालनमा ल्याएका रेष्टुरेन्टहरू धेरैका लागि विश्वविद्यालय बनेका छन् ।’
सुवेदीको भनाइमा उनकोमा काम गर्ने धेरै नेपाली आज आफैँ सफल व्यवसायी बनिसकेका छन् । यसलाई चाँही उनी आफ््नो सफलता ठान्छन । उनका रेष्टुरेन्टमा आउने अधिकांश ग्राहक जापानीज र विदेशी हुन्छन् ।
म्याग्दीका दिपक केसीले जापानको नागोयामा ३ वटा रेष्टुरेन्ट सञ्चालन गरेका छन् । दियालो, दैलो र पोखरा उनले सञ्चालनमा ल्याएका रेष्टुरेन्ट हुन् । यी ३ वटा रेष्टुरेन्टमा मासिक ३ हजार मान (नेपाली ३ करोड हराहारी) को कारोबार हुने केसी बताउँछन् ।
उनले रेष्टुरेन्ट व्यवसायबाटै ३३ जना नेपाली र ७ जना जापानीजलाई रोजगारी दिएका छन् । व्यवसायसँगै नेपालको पहिचान र नेपाली खाना विदेशीलाई चिनाउने आफ्नो सपना पुरा भएको केसी सुनाउँछन् ।
‘रेष्टुरेन्टमा एक पटक खान आउने विदेशी ग्राहक जव अर्कोपटक पुनः आउँछ, यसबाट पनि थाहा हुन्छ कि नेपाली खानाको स्वादले विदेशीलाई लोभ्याउँछ’ केसी भन्छन् ‘तर, पछिल्लो समय प्रतिस्पर्धाले कतिपय व्यवसायीले खानाको गुणस्तरमा ध्यान नदिएको देखिन्छ ।’
नेपाली रेष्टुरेन्ट व्यवसायीले राम्रै मुनाफा पनि गर्दै आएका छन् । लगानीका हिसाबले रेष्टुरेन्ट व्यवसाय सुरक्षित रहेको स्वयम् व्यवसायीको भनाई छ । यस क्षेत्रमा लागेर असफल हुने सम्भावना कमै रहेको एनआरएनए जापानका अध्यक्ष नविन निउरे बताउँछन् ।
निउरेले पनि सन् २०११ बाट रेष्टुरेन्ट व्यवसाय सुरु गरेका हुन् । अहिले उनका ३ वटा रेष्टुरेन्ट सञ्चालनमा छन् । यी रेष्टुरेन्टबाट मासिक २ हजार मान (करिव २ करोड नेपाली रुपैया) कारोबार हुने उनले बताए । ‘कहिले कारोवारको दर घट्छ त कहिले बढ्छ’ निउरे भन्छन् ।
निउरेका अनुसार, एउटा रेष्टुरेन्ट सामान्य हिसाबले सञ्चालन गर्न मासिक न्यूनतम २० देखि ३० लाख येन (२७–२८ लाख नेपाली) सम्मको कारोबार गर्नु पर्दछ । रेष्टुरेन्टको भाडा कति तिर्नुपर्छ भन्नेमा पनि कारोबारको अंकले अर्थ राख्ने उनी बताउँछन् । जस्तो कि भाडा महंगो छ भने कारोबार धेरै गर्नुपर्छ ।
व्यवसायीले नेपालबाट कामदार ल्याउँदासमेत शुल्क लिने गरेकाले यो व्यवसाय दोहोरो रकम आर्जनको माध्यम बनेको ओकुबोमा बाजेको सेकुवा घर सञ्चालन गर्दै आएका व्यवसायी सन्तोष पोखरेल बताउँछन् ।
कुक भिषामा १४ हजार नेपाली
जापानमा खुलेका रेष्टुरेन्टमा नेपालबाटै कामदार मगाउने क्रमसँगै जापानमा कुक भिसामा भित्र्ने नेपालीको संख्या पनि बढेको छ । जापानको अध्यागमन विभागको तथ्यांक अनुसार यहाँ हाल १ लाख ७६ हजार ३ सय ३६ नेपाली छन् । जसमध्ये १४ हजार ४० त कुक भिषामा जापान आएका छन् ।
जापान सरकारले कामदारको मासिक तलब १ लाख ८० हजार येन (नेपाली करिब एक लाख ६० हजार) भन्दा कम दिन नमिल्ने नियम बनाएको छ । तर, नेपालबाट आवश्यक सीप हासिल नगरी जापान आएकाले भने सालाखाला १ लाख ३० हजार येन (नेपाली १ लाख २० हजार ) सम्म तलब पाउँदै आएका छन् । यस क्षेत्रमा सीप हासील गरेका दक्ष कामदारले २ लाख ५० हजार येन (नेपाली दुई लाख ३० हजार ) सम्म तलब प्राप्त गरेका छन् ।

सामान्य ढंगले सञ्चालन गरिएका रेष्टुरेन्टमा ३/४ जना कामदारले रोजगारी पाएका छन् भने ठूलो लगानीमा खोलिएका ठूला रेष्टुरेन्टमा १५ देखि २५ जनासम्म कामदारले कामको अवसर पाएका छन् । एनआरएन जापानका अध्यक्ष निउरेले जापानको चिवामा सञ्चालनमा ल्याएको ताज महल, ताज प्यालेस रेष्टुरेन्टमा २३ जना नेपाली सहित ४ जना जापानीज नागरिक कार्यरत छन् ।
रोबिन शेरचन जापानमा सफल रेष्टुरेन्ट व्यवसायीको परिचय बनाएका व्यक्ति हुन् । सन् १९८८ मा जापान आएका उनले जापानका विभिन्न ठाउँमा २२ वटा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । उनले नेपाली मात्रै नभएर इटालियन, स्पेनीस, कोरियन, चाइनिज, जापानीज रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याएका छन् ।
उनले सञ्चालनमा ल्याएका रेष्टुरेन्टमा नेपाली, जापानीज, कोरियन र चाइनिज गरेर २ सय जनाले रोजगारी पाएका छन् । जापानमा अध्ययनरत नेपाली विद्यार्थीलाई पनि नेपाली रेष्टुरेन्टमा कामको अवसर मिलेको छ ।
जापानमा नेपाली रेष्टुरेन्ट भन्ने बित्तिकै झट्ट दिमागमा आउने नाम हो ‘इन्दो–नेपारु रेष्टुरेन्ट’ । जापानमा धेरै नेपालीले इन्डियन–नेपाली नाममा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । विगतमा इन्डियाको नान र खारे लोकप्रिय रहेकाले इन्डियन–नेपाली रेष्टुरेन्टको नाममा व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको जापानको फुकुवकामा नाङ्लो रेष्टुरेन्ट सञ्चालन गर्दै आएका रमेश कुँवर बताउँछन् ।
कुँवर सन २०१० मा विद्यार्थी भिसामा जापान आएका हुन् । पढाई पुरा गरेर व्यवसायमा लागेका उनी भन्छन्, ‘पहिले पहिले जापानमा नेपालीको संख्या थोरै थियो । कतिपय जापानीजहरूलाई नेपाल छुट्टै देश हो भन्ने समेत थाहा थिएन । नेपाल इन्डियामा पर्छ भनेर प्रश्न पनि गर्थे । त्यसैले सुरुमा ग्राहक तान्ने उद्देश्यले मैले पनि इन्डियन– नेपाली रेष्टुरेन्ट सञ्चालनमा ल्याएको थिएँ ।’
कुवँरका भनाइमा, तर, फुकुवकामा नेपालीको संख्या बढेसँगै अहिले धेरै जापानीज नेपाल र नेपालीको बारेमा जानकार छन् । पछिल्लो समय जापानमा इन्डियाको नाम जोडेर रेष्टुरेन्ट खोल्ने परिपाटी बिस्तारै कम हुँदै गएको छ । कुँवर भन्छन, ‘अहिले म नेपाली नाममा, नेपाली खाना विदेशीलाई खुवाइरहेको छु ।’