३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । थाइल्यान्डमा अत्यधिक गर्मीले अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ ।

यो २०२३ को तुलनामा धेरै तातो भएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले सम्पूर्ण क्षेत्रमा यो सातासम्म अत्यधिक गर्मी भएको बताएको छ ।

हालैका साताहरूमा थाइल्यान्डमा असाधारण तातो मौसमको लहरले अधिकारीहरूले लगभग दैनिक आधारमा यसबारेमा चेतावनी जारी गर्नुपरेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार सन् २०२४ को शुरूदेखि गर्मीका कारण ६१ जनाको मृत्यु भएको बताएको छ । सन् २०२३ मा ३७ जनाको मृत्यु भएको थियो । थाइल्यान्डको उत्तरपूर्वी कृषिप्रधान क्षेत्रमा गर्मीका कारण सबैभन्दा धेरै मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

वैज्ञानिकहरूले लामो समयदेखि मानव–प्रेरित जलवायु परिवर्तनले अधिक बारम्बार, लामो र अधिक तीव्र तातो छालहरू उत्पादन गर्ने चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घको मौसम विज्ञान सङ्गठनका अनुसार अल निनोको घटनाले यस वर्षको असाधारण गर्मीको मौसमलाई ल्याउन सहयोग गरिरहेको छ । एसिया पनि विश्वव्यापी औसतभन्दा तीव्र गतिमा तातो भइरहेको छ ।

थाइल्यान्डको रोग नियन्त्रण विभागका सहायक अपिचार्ट वाचिराफानले अन्तर्निहित चिकित्सकीय अवस्था भएका मानिसहरूलाई बाहिर निस्कने समयलाई सीमित गर्न चेतावनी दिएका छन् ।