३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका कारण बाढी र पहिरोमा परी १३ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीहरूले मङ्गलबार बताएका छन् ।

मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले स्थानीय अधिकारीहरूले क्याप–हाइटेनमा पहिरोमा परी १३ जनाको मृत्यु भएको बताएको उल्लेख गरेको छ ।

पोर्ट–ओ–प्रिन्सको राजधानीमा घातक गिरोह हिंसाबाट भागेका धेरै मानिसले देशको उत्तरतर्फ सुरक्षा माग गरेका छन् ।

यसमा मुलुकको उत्तरी तटसँगै क्याप–हाइटियन क्षेत्र पनि सामेल छ । स्थानीय अधिकारीहरूले मुसलधारे वर्षाले घर तथा व्यवसायमा समेत क्षति पुगेको बताएका सिन्ह्वाले जनाएकाे छ ।

आगामी दिनमा राजधानी लगायत अन्य भागमा थप वर्षा र बाढी आउने अपेक्षा गरिएको ओसिएचएले जानकारी गराएको छ । यी भागमा जारी हिंसाबाट विस्थापित मानिसले भारी वर्षाअघि सरसफाइ चुनौतीको सामना गरिरहेका थिए ।

शुक्रबारदेखि भारी वर्षा शुरू भएको छ ।