बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा भएको भीषण झडपमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ ।
जैश अल–जुल्म नामक लडाकू समूहका सदस्यहरूले यस क्षेत्रका सेना र प्रहरीका कार्यालयहरूमा समन्वित आक्रमण गरेपछि हिंसा भड्किएको इरानको सरकारी समाचार संस्था इरनाले जनाएको छ ।
रिपोर्टका अनुसार रास्क काउन्टीमा इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी)’ को एक सैन्य चौकी, आईआरजीसी मुख्यालय र चाबहार काउन्टीमा कोस्टगार्ड प्रहरी कार्यालयलाई लक्षित गरी आक्रमण गरिएको सिन्ह्वाले जनाएकाे छ ।
उक्त भिडन्तमा १८ लडाकू र १० सुरक्षाकर्मीको मृत्यु भएको र झडप समाप्त भएको र प्रभावित क्षेत्रमा सुव्यवस्था कायम गरिएको इरनाले जनाएको छ ।
आक्रमणकारीले विस्फोटक पदार्थ प्रयोग गरी आक्रमण गरेको आईआरजीसीका ग्राउन्ड फोर्स कमान्डर मोहम्मद पाकपुरले जानकारी दिए ।