बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गिरफ्तारीको विरोधमा आम आदमी पार्टी (आप) का समर्थकहरूले प्रदर्शन गरेका छन् ।
पार्टीका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशालय (ईडी)ले गत मार्च २१ मा पक्राउ गरेको थियो ।
सन् २०२१ नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्दा अनियमितता गरिएको र इजाजत धारकहरूलाई अनुचित लाभ दिइएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
नयाँ मदिरा नीति लागू गर्दा यसमा लाइसेन्स शुल्क माफ वा कम गरिएको छ । यो नीतिले सरकारी राजस्वमा १ अर्ब ४४ करोड ३६ लाख भारतीय रूपैयाँ घाटा भएको दाबी गरिएको थियो ।
यस विषयमा छानबिन गर्न सिफारिस गरेपछि सन् २०२२ को जुलाई ३० मा दिल्ली सरकारले नयाँ अन्तःशुल्क नीति फिर्ता लिई पुरानो प्रणालीलाई पुनः स्थापित गरेको थियो ।
ईडीले आप नेतालाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै ‘म पनि केजरीवाल हुँ, मलाई पनि गिरफ्तार गर’ भन्दै आइटिओ फुट ब्रिजमा भेला भई प्रदर्शन गरेका छन् ।
आपले केजरीवालको गिरफ्तारीको विरोधमा आइतबार दिल्लीभरि मैनबत्ती जुलुस र पुतला दहन गरेको छ ।