बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । इन्डोनेसियाको समुद्रमा डुङ्गा डुब्दा साम्द्रिक किनारामा फसेका ६९ रोहिङ्ग्या शरणार्थीको उद्धार गरिएको छ ।
हप्तौंको सामुद्रिक यात्राका क्रममा इन्डोनेसियाली सामुद्रिक क्षेत्रमा पुगेका करिब १५० रोहिङ्ग्या शरणार्थी सवार रहेको अनुमान गरिएकोे काठको डुङ्गा बुधबार पल्टिएको थियो । त्यसको उद्धारको लागि गएको अर्को डुङ्गा पनि दुर्घटनामा परेको थियो ।
पश्चिमी आचेह प्रान्तको तटमा रोहिङ्ग्याको समूह अफ्ठेरोमा परेको देखेपछि उद्धारकर्ताहरूले उनीहरूलाई बचाउनका लागि कठिन सङ्घर्ष गर्नुपरेको थियो ।
अत्यधिक उत्पीडनमा परेका म्यान्माका अधिकांश मुस्लिम रोहिङ्ग्याहरूले हरेक वर्ष लामो र महँगो समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा राखेर हजारौँको सङ्ख्यामा मलेशिया वा इन्डोनेसिया पुग्ने प्रयास गर्छन् ।
इन्डोनेसियाली उद्धारकर्मीले ४२ पुरुष, १८ महिला र नौ बालबालिका गरी ६९ जनाको उद्धार गरेको बान्दा आचेह खोज तथा उद्धार एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।