बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा रहेका बागलुङ बलेवाका विद्यार्थीलाई लक्षित गर्दै ‘मोटिवेशनल’ कक्षा सञ्चालन गरिएको छ ।
बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकासँगको सहकार्यमा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीको सचिवालयले गरेको कार्यक्रममा ७७९ विद्यार्थीलाई समेटिएको थियो ।
सचिवालयका अनुसार दक्षिणी बागलुङका ६ स्थानमा ‘मोटिवेशनल’ कार्यक्रम सञ्चालन गरेको थियो ।
शुक्रबार र शनिबार बलेवाको गणेश सामुदायिक अध्ययन केन्द्र, जैमिनीको कुसमिसेरा २ स्थान, संस्कृत मावि जैदी बेलबगर, बरेङ गाउँपालिकाको शारदा मावि बाटाकाचौर र सर्वोदय मावि हुग्दीशिर बरेङमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
विषयगत शिक्षक र मनोपरामर्श कर्ताको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको प्रदेश सभा सदस्य सुवेदीले जानकारी दिए । विद्यार्थीहरूलाई ‘मोटिवेशनल’ कक्षाका साथै विषयगत शिक्षकसँग अन्तर पाठ्यक्रमका बारेमा पनि जानकारी गराइएको उनले बताए ।
विद्यार्थीको मनोबल उच्च बनाउनका लागि कार्यक्रम गरिएको उनको भनाइ छ । ‘हामीले एसईई परीक्षालाई अलि फरक ढंगले हेर्छौं, परीक्षा भनेपछि जो कोहीलाई पनि तनाव हुन्छ’, प्रदेश सभा सदस्य सुवेदीले भने, ‘यही तनावलाई मुक्त गराउन कार्यक्रम सञ्चालन गरिएको हो । यसले विद्यार्थीलाई थप हौसला प्रदान गर्ने विश्वास लिएका छौं ।’
परीक्षाको तयारी, गणित तथा विज्ञानजस्ता विषयका सूत्रहरू कसरी सम्झने लगायतका विषयमा शिक्षकहरूले महत्त्वपूर्ण टिप्स दिएका उनले जानकारी दिए ।
कार्यक्रममा बलेवाका ५ विद्यालयका १८४, जैमिनी बेलबगरका १२९, कुसमिसेराका २५३, बरेङ शारदा माविका ७३ र सर्वोदय माविका १४० जना विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा मनोपरामर्शका प्राध्यापक प्रदीप सुवेदी, सुमन शर्मा, पाठ्यक्रम विषय विशेषज्ञहरू पुनदरी फुयाँल, रोशन आचार्य, उमेश श्रेष्ठ, लयप्रसाद सापकोटा, युवराज पौडेल, सन्तोष पौडेल, शंकर शर्मालगायतका विषयगत शिक्षकहरूले सहजीकरण गरेका थिए ।