२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

टोकियो । नेपाली साहित्यको सुरुवात १९ औँ शताब्दिबाट भएको पाइन्छ । आधुनिक कालसम्म आइपुग्दा यसको आयाम पनि फराकिलो भएको छ । पहिले भारत, म्यानमार, भुटान, थाइल्यान्ड लगायत देशमा नेपाली साहित्य र संस्कृति झल्काउने विभिन्न क्रियाकलाप हुने गर्दथे । तर, पछिल्लो समय जापानसँगै अमेरिका र युरोपका धेरै देशहरुमा नेपाली साहित्य र संस्कृति सम्बन्धि गतिविधि हुने गरेका छन् ।

संसारभर छरिएका नेपाली साहित्यकारहरुको अधिकारिक संस्थाको रुपमा रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रवासमा नेपाली साहित्यको विकासमा मलजल गरिरहेको छ । गत महिना अनेसास जापानले आयोजना गरेको टोकियो कविता कन्सर्टमा पुग्ने जोकोहीले महसुस गर्न सक्थो कि जापानमा नेपाली साहित्य विकसित भइसकेको छ । अनेसास जापानले आयोजना गरेको कविता कन्सर्टमा कविहरु जयन्ती मगर सरगम, शरद पोख्रेल, डा.बैकुण्ठ भट्ट र सबिना रेम्मीले देशप्रेम, जागरण, विदेशी कथा, नारी उत्थान लगायत विषयमा कविता प्रस्तुत गरेका थिए ।

कन्सर्टमा कविहरुले २४ वटा कविता वाचन गरेका थिए । जयन्ती मगरले रेमिट्यान्स ले देश धानीरहेछ भन्दै प्रवासी आवाजका साथ कविता वाचन सुरु गरेकी थिइन् । उनले भीरफूल शीर्षकमा नारी उत्थानका कुरा, ल्हासा आएकी मूना शीर्षकमा विवसताले परदेशिएकाको कथा कविता मार्फत् प्रस्तुत गरिन् । अर्का कवि शरद पोखरेलले ख्वामितका जुत्ता शीर्षकमा दमनको प्रबृत्तिमाथि प्रहार गरे, बा गाई र देश शीर्षकमा कर्मशिल बुवाको कर्मलाई सम्मान गर्दै सम्झना गरेका पोखरेलले जातिय बिभेद बिरुद्धको आवाजलाई कविता मार्फत् रुपा सुनारको हातमा के छ ? भनि न्यायालय र समाजप्रति प्रश्न राखेका थिए । उनले मेरा गणितका गुरु कविता सुनाउँदै नेपालको शिक्षा र जीवनको तालमेललाई कविता मार्फत् प्रस्तुत गरेका थिए ।

विशेषत छन्दका कवितामा पोख्त रचईता तथा बाचिका कविका रुपमा परिचय बनाएकी कवि सविना रेग्मीले प्रियतम प्रति कविता भुजुगंप्रयात छन्दमा पस्कँदै प्रेमभाव प्रकट गरिन् । कविता भोक र आन्दोलन मार्फत् देशको यथार्थता सचित्र पस्कँदै कोरिया कामदारमा जान चाहने क्रममा भएको प्रहरी दमनमा मारिएका युवाको भाव र परिवारका बेदनालाई सार्दुल विक्रिडित छन्दमा कविता वाचन गरेकी थिइन् । बिमानस्थलमा एक दिन कविता मार्फत् देशको परिस्थितिलाई सचित्र कवितामा उतारेका कवि वैकुण्ठ भट्टले आगो कविता मार्फत् बेथिति बिरुद्ध भुईं मान्छेका कथा र भावना सुनाए । भट्टले देशको मानचित्र शीर्षकको कवितामा देश भनेको भूगोल मात्र हैन रहेछ भन्ने भाव प्रकट गरे । उनले छोडी जानेको नाममा शीर्षकको कविता मार्फत् वियोगान्त भाव प्रकट गर्दा कन्सर्टमा उपस्थित मन्त्रमुग्ध देखिन्थे ।

जापानमा विश्व नेपाली साहित्य महासंघ (विनेसाम)पनि सक्रिय छ । विनेसामले फेब्रुअरीमा टोकियोमा एक कार्यक्रमको आयोजना गर्दै प्रविण लामा ‘अपरिचित’को ‘सिनकानसेनको देशबाट’ कवितासंग्रह लोकार्पण र राजु स्याङतानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ प्रवास विमोचन कार्यक्रम गरेको थियो । विनेसामले सोही अवसरमा कवि सयपत्री थुलुङको ‘गाउँ फर्किरहेको परदेशी’ टोकियो साँझ कार्यक्रम पनि सम्पन्न ग¥यो ।

कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिएका कवि राजु स्याङतानले ओ पेङ्दोर्जे कवितासंग्रह नयाँ पुस्ताका लागि आवश्यक एक दस्तावेज रहेको बताए । त्यस्तै प्रविण लामाले सिनकानसेनको देशबाट कवितासंग्रह कर्मथलो जापानको विकास सिनकानसेन (बुलेट ट्रेन)जसरी तीव्र गतिमा भएको र त्यसरी नै आफ्नो मातृभूमिको पनि विकास भइदिए हुन्थ्यो भन्ने आशयमा कविताहरुमा समेटिएको बताए । कवि थुलुङले कार्यक्रममा एकल कविता वाचन गरेकी थिइन् । जापानमा बस्दै आएकी थुलुङले गत मंसिरमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै कवितासंग्रह गाउँ फर्किरहेको परदेशी विमोचन गरेकी थिइन् । परदेशको देखाई र भोगाईलाई समेट्दै गाउँ फर्किरहेको परदेशीको जन्म भएको थुलुङको भनाई छ ।

जापानमा २०२१ सालमा साहित्य चौतारी जापानको स्थापना भएको छ । साहित्य चौतारी जापानले पनि समयसमयमा साहित्यक गतिविधि गर्दै आएको छ । साहित्य चौतारी जापानले रचना वाचन साथै सांस्कृतिक झाँकीको प्रदर्शनलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष अमर देव बाँस्तोलाले बताए । ‘हामी हरेक वर्षको जनावारीमा विभिन्न जातजातीको संस्कृति झल्काउने झाँकी प्रर्दशन गछैँ’ बाँस्तोलाले भने, ‘देशको संस्कृतिलाई परदेशमा पनि जीवन्त राख्न साहित्य चौतारी नेपाल निरन्तर अघि बढ्छ ।’ ।

प्रवासमा साहित्यको माहोल बनाइरहेको अनेसास

प्रवासमा नेपाली भाषा, कला, साहित्य र संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई नेपाली भाषा सिकाउने र भाषा तथा साहित्यमा योगदान पु¥याउनेलाई प्रोत्साहन गर्ने उदेश्यले सन् १९९१मा अमेरिकाको भर्जिनियामा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को स्थापना भएको हो । जापानमा सन् २००३को लक्ष्मिजयन्तीको अवसरमा अनेसासको स्थापना गरिएको जापान शाखाका संस्थापक अध्यक्ष कुमार बस्नेतले जानकारी दिए । ‘अनेसासको स्थापना हुनु पूर्व नै जापानमा साहित्यिक गतिविधि हुँदै आएका थिए’ बस्नेतले भने, ‘अन्य विभिन्न देशमा पुगेका नेपाली मुलका साहित्यकारसँग जोडिन एक साझा मञ्चको अवश्यकता महसुस गरी जापानमा अनेसास स्थापना भयो ।’

अनेसासले विश्वभरका ७० बढी देशमा आफ्नो शाखा विस्तार गरिसकेको अनेसासका निर्वतमान केन्द्रिय अध्यक्ष प्रकाश माइला पौडेल बताउँछन् । अनेसासमा च्याप्टर, केन्द्रिय समिति र बोर्ड अफ ट्रस्टीज गरी ३ निकाय छन् । अनेसासले अमेरिका बाहिर पहिलो शाखाको रुपमा जापानमा शाखा स्थापना गरेको अनेसासका निर्वतमान केन्द्रिय अध्यक्ष पौडेलले जानकारी दिए । अनेसास जापानले सन् २०१५मा टोकियोमा विश्व सम्मेलन, सन् ०२०मा टोकियामा नै अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलनको आयोजना गरेको पौडेलले बताए । अनेसास जापानले सन् २०१८मा टोकियोमा अन्तर्राष्ट्रिय हाइकु महोत्सव समेत गरेको थियो । महोत्सवमा नेपाल, जापान साथै बेलायतका हाइकुकारको सहभागिता रहेको पौडेलले जानकारी दिए ।

अनेसास केन्द्रकै योजना अनुरुप जापान शाखाले नेपाली नयाँ वर्ष, अंग्रेजी नयाँ वर्ष, भानुजयन्ती र लक्ष्मिजयन्तीमा हरेक वर्ष कार्यक्रमको आयोजना गर्दै आएको जापानका अध्यक्ष अरुण पौडेलले बताए । ‘यसका अलवा पनि हामी समयसमयमा विभिन्न साहित्यिक कार्यक्रम गर्र्दै आएका छौँ’ पौडेलले भने, ‘जापानीज र नेपाली साहित्यकारको सहभागितामा साहित्यिक कार्यक्रम गर्ने योजना पनि हामी बनाइरहेका छौँ ।’ जापानस्थित नेपालीको दोस्रो पुस्तामा नेपाली भाषा र साहित्य सिकाउन अनेसास जापानले जापानमा रहेका नेपाली विद्यालयमा पनि कार्यक्रम गर्दै आएको पौडेल बताउँछन् । आफ्नो कार्यकालमा यसलाई पनि निरन्तरता दिने उनको भनाई छ ।

पछिल्लो समय जापानमा नेपालीको संख्या बढेसँगै नेपाली साहित्यकारको संख्या पनि बढेको उनले बताए । जापानमा कृति प्रकाशन गरिसकेका साहित्यकारहरुको संख्या ३० जना हाराहारीमा रहेको उनको भनाई छ । ति मध्ये केही लेखकका पुस्तकले मूलधारको नेपाली साहित्यमा दरिलो उपस्थिति जनाएको पौडेल बताउँछन् ।  

त्यस्तै, सन् २०१९बाट विनेसाम जापान शाखाको स्थापना भएको संस्थाका अध्यक्ष देवीबहादुर इङ्नामले जानकारी दिए । नेपालसहित विश्वका २४ वटा देशमा विनेसाम सक्रिय रहेको इङ्नाम बताउँछन् । परदेशमा रहेपनि आफ्नो भाषा, साहित्य र कलाको संरक्षण गर्नु हाम्रो साझा दायित्व रहेको इङ्नामको बुझाइ छ ।

जापानमा सिर्जित साहित्य ‘प्रवासी नेपाली साहित्य’

आम बुझाईमा प्रवासमा सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भनेर पनि बुझिन्छ । तर, जापानमा बस्दै आएका साहित्यकार शरद पोख्रेलका अनुसार डायस्पोरिक साहित्य भनेको लामो समय विदेशमा बसोबास गरी त्यही देशको भाषा, कला, संस्कृति अंगीकार गरिसकेका लेखकबाट सिर्जित साहित्य हो । मातृभूमि छाडेर विदेशी भूमिमा बसोबास गर्दै आएका नागरिकबाट सिर्जित सिर्जनालाई ‘प्रवासी नेपाली साहित्य’का रुपमा बुझ्नु पर्ने उनको तर्क छ । ‘हामी केही समय श्रम गर्नका लागि विदेश आएका हौँ । यहीको स्थायी बासिन्दा होइनौँ । त्यसैले हाम्रा सिर्जनाहरुलाई प्रवासी साहित्य भन्नु उचित हुन्छ’ पोख्रेलले भने । पोख्रेलले जापान बसाई कै क्रममा ‘मरुभूमिमा डुङ्गा’ कविता कवितासंग्रह प्रकाशनमा ल्याएका छन् ।

प्रवासी साहित्य घरबेसीका कुन्ठा व्यक्त गर्ने, साथै जीवन जीउने माध्यम रहेको साहित्यकार मञ्जु गिरी बताउँछिन् । लामो समयदेखि जापान बस्दै आएकी गिरीले आफ्नो काव्य लेखन कलालाई निरन्तरता दिइरहेकी छिन् । सपना हराएको देश, साकुराको देशबाट उनका कृति हुन् ।  

घरदेशको यादमा साहित्य

मोरङ उर्लाबारीका मञ्जुल मितेरी जापान बस्छन् । उनले हालसम्म  ३ वटा कृति प्रकाशन गरिसकेका छन् । विःसं २०५७ सालमा ‘आस्था’ कवितासंग्रह, ०७१ सालमा ‘अर्काको देशमा’ कथासंग्रह र २०७९ सालमा ‘कामी’ कवितासंग्रह उनका कृति हुन् । जातीय उत्पीडनविरुद्ध विद्रोह ओकलिएको उनको ‘कामी’ कवितासंग्रह पाठकले रुचाएको कवितासंग्रह हो । ‘देश छाडेर हिँडेपछि देशको माया र सम्झना पनि बढ्दो रहेछ, परदेशबाट हेर्दा घरदेशका सुन्दर र कुरुप पक्षहहरु देखिँदा रहेछन् । यही माया, सम्झना, विकास, वितृष्णा अभिव्यक्त गर्ने माध्यम साहित्य बन्ने रहेछ’ मितेरी भन्छन् । परदेश आएपछि लेख्ने कारणहरु थपिएको अनेसास जापानका सल्लाकार समेत रहेका मितेरीको अनुभव छ । ‘नयाँ ठाउँ, नयाँ परिवेशले स्वदेशमा खासै कलम नचलाएका साथीहरु पनि यहाँ नियमित रुपमा लेख्ने गरेको मैले पाएको छु’ उनले भने ।

मितेरी मूर्तिकारसमेत हुन । उनकै नेतृत्वमा रहेको ६ जना नेपाली नागरिकको टोलीले जापानको कुमोमोतो केनको विशाल चट्टानी पहारामा वुद्दको मूर्ति निर्माण गरेका छन् । उक्त मूर्ति ढुङ्गामा निर्माण गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो वुद्दको मूर्ति रहेको मितेरी बताउँछन् । ‘वौद्द धर्मपनि हाम्रो देशको संस्कृति हो । हाम्रो संस्कृतिलाई विश्वमा चिनाउने हाम्रो लक्ष्य छ’ मितेरीले भने ।

जापानमा कतिपय साहित्यकारहरु व्यक्तिगत रुपमा पनि सक्रिय देखिन्छन् । देश छाडेर विदेश बस्दाको पीडा प्रवासी नेपाली साहित्यमा झल्कने युवा कवि शेखर विकल्पले बताए । उनले ‘अक्षरहरुको रंङ’ कविता संग्रह प्रकाशनमा ल्याएका छन्् । प्रवासका साहित्यकारहरुले प्रकाशनमा ल्याएका साहित्यिक कृतिहरुले मूलधारको साहित्यमा भने सोचे झैँ पकड जमाउन नसकिरहेको विकल्पको भनाई छ । ‘एकातर्फ कृतिकार स्वयम् परदेशी भएकाले विमोचन पछिको बजारीकरण र विभिन्न कार्यक्रममा समय दिन चुकिरहेको हुन्छ अर्कोतर्फ हेर्ने हो भने प्रकाशकहरुले समेत चासो दिदैनन्’ विकल्प भन्छन् ।