बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचकाङ्क (एक्युआई) दर्ता भएसँगै विश्वको दोस्रो सबैभन्दा प्रदूषित शहर बनेको एआरवाई न्यूजले जनाएको छ ।
रिपोर्टहरू उद्धृत गर्दै एआरवाई न्यूजले पञ्जाब प्रान्तका विभिन्न क्षेत्रमा हावाको गुणस्तर अत्यन्तै खतरनाक अवस्थामा पुगेको उल्लेख गरेको छ ।
एक्यूआई ५७१ पुग्दै फैसलाबाद पाकिस्तानको सबैभन्दा प्रदूषित शहरका रूपमा उभिएको छ भने गुजरानवाला ५७० कण पदार्थको स्तरका साथ दोस्रो स्थानमा रहेको छ । त्यस्तै लाहोरको एक्यूआई ३९६ र मुल्तानको २५७ दर्ता भएको जनाइएको छ ।
गत वर्ष जाडो शुरू भएपछि पञ्जाबले लगातार वायु प्रदूषण र घना धुवाँको समस्या झेल्दै आएको थियो ।
धुवाँ नियन्त्रणका लागि अधिकारीहरूले निरन्तर प्रयास गरे तापनि हावाको गुणस्तर खतरनाक स्तरसम्म झर्दै गम्भीर जनस्वास्थ्य चुनौती सिर्जना भएको समाचारमा उल्लेख छ ।
केही दिनसम्म लाहोर पूरै धुवाँ धुलोको मिश्रणले ढाकिएको थियो । यसमा कम गुणस्तरको डिजेल धुवाँ, चिसो मौसमसँगै झरिरहेको तापक्रम र मौसमी कृषि जलाउने कामले थप योगदान गरेको बताइएको छ ।
एक अवस्थाको चर्चा गर्दै वायु प्रदूषण लाहोरमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूचओ)ले तोकेको सुरक्षित स्तरभन्दा ८० गुणा बढी पुगेको पनि जनाइएको छ ।