बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैसँगै उक्त निकायले सिन्थेटिक औषधि उत्पादन र तस्करीमा एकैसाथ तीव्र वृद्धि हुने खतरा रहेको चेतावनीसमेत दिएको छ ।
तालिबान सरकारका अधिकारीहरूले सत्तामा पुनः फर्किएको एक वर्षपछि सन् २०२२ मा राष्ट्रव्यापी रूपमा अफिम खेतीमा प्रतिबन्ध लगाएका थिए ।
उक्त प्रतिबन्धपछि अफिम खेतीका लागि समर्पित क्षेत्र सन् २०२४ को १२ हजार ८०० हेक्टर (करिब ३१ हजार ६०० एकड) बाट घटेर सन् २०२५ मा १० हजार २०० हेक्टरमा पुगेको संयुक्त राष्ट्रसङ्घको लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी)ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा जनाइएको छ ।
यूएनओडीसीका अनुसार सन् २०२२ मा अफिम खेतीको क्षेत्र करिब दुई लाख ३२ हजार हेक्टरमा फैलिएको थियो ।
हेरोइनको प्रमुख स्रोत मानिने अफिमको उत्पादन सन् २०२५ मा करिब २९६ टन मात्र भएको अनुमान गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले घटेको हो ।