१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । भिजिट भिसामा हुने अनियमितता नियन्त्रण र अध्यागमन प्रशासनमा सुशासन प्रवर्द्धन गर्न सरकारले पुराना ६ बुँदे मापदण्ड र प्रावधानहरू खारेज गर्दै नयाँ सहज व्यवस्था लागू गरेको छ।

अध्यागमन विभागका अनुसार अब भिजिट भिसामा प्रस्थान गर्न इच्छुक व्यक्तिले ६ महिना वैध राहदानी, प्रवेशाज्ञा (वा अनअराइभल देश भए प्रवेशाज्ञा नचाहिने), हवाई टिकट र स्वघोषणा पत्र पेस गरे पुग्नेछ ।

विभागले जारी विज्ञप्तिमा भनिएको छ, ‘यात्रुले आफ्नो भ्रमणका परिणामप्रति स्वयम् जिम्मेवार हुने गरी घोषणा गरेपछि प्रस्थान अनुमति दिइनेछ।’

उच्चस्तरीय अध्ययन समितिको सुझावअनुसार यो निर्णय संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हक र स्वतन्त्र आवागमन अधिकारको प्रत्याभूति गर्न नयाँ व्यवस्था लागू गरिएको हो ।

नयाँ व्यवस्था लागू भएसँगै विभागले नागरिकलाई कुनै बिचौलियाको प्रभावमा नपरी निर्धक्क भई यात्रा गर्न आग्रह गरेको छ।

अध्यागमन विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूलाई यो सूचना सबै नागरिकसम्म पुर्‍याउन आग्रह गरेको छ।