बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानमा आर्थिक वर्ष सन् २०२५ मा भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दश जना पुगेको रेकर्ड गरिएको छ ।
पछिल्लो समयमा जापानमा भालुसँग सम्बन्धित घटनाहरूमा वृद्धि भएको वातावरण मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा अहिलेसम्म भालु आक्रमणमा एक सय भन्दा बढी मानिसहरू परेका छन् ।
भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आर्थिक बर्ष सन् २००६ बाट रेकर्ड राख्न शुरू गरिएकोमा सबै भन्दा बढी पछिल्लो वर्षमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो घटना गत शुक्रबार उत्तरपूर्वी जापानको अकिता प्रान्तको एउटा गाउँमा भालुले ३८ वर्षीय व्यक्तिलाई आक्रमण गरी मारेको थियो ।
अकिता प्रान्तमा बासिन्दाहरूलाई भालुको आक्रमणबाट मानिसहरूलाई जोगाउन सेनाको सहयोगको आह्वानसमेत गरिएको छ ।
आक्रमणको अवस्था प्रान्तीय तथा स्थानीय सरकारले नियन्त्रण गर्न नसक्ने स्थितिमा पुगेको गभर्नर केन्टा सुजुकीले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
छिमेकी प्रान्त इवाटेमा अप्रिल देखि ३० जना भन्दा बढी मानिसहरू भालु आक्रमणमा परेको जनाएको छ ।