बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार जापान पुगेका छन् । उनी मलेसियाको भ्रमण सम्पन्न गरी आफ्नो एसियाली भ्रमणको दोस्रो चरणका रूपमा जापान पुगेका हुन् ।
उनको यो भ्रमण जापानका नवनिर्वाचित प्रधानमन्त्री साने ताकाइचीसँग पहिलो व्यक्तिगत भेटका लागि हो ।
यो भेटलाई दुई देशबीचको सम्बन्ध सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
क्वालालम्पुरबाट प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले मलेसियाको २४ घण्टे भ्रमणको समापन गर्दै त्यहाँका अधिकारी र जनताप्रति धन्यवाद ज्ञापन गरेका थिए । उजले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत लेखेका थिए, ‘अभिनव र जीवन्त देश मलेसिया छोड्दैछु । व्यापार र दुर्लभ पृथ्वी तत्वसम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरियो, साथै थाइल्यान्ड र कम्बोडियाबीच ऐतिहासिक शान्ति सन्धि सम्पन्न भयो । युद्ध होइन, शान्ति ! लाखौंको जीवन बच्यो— यो कार्य गर्न पाउनु मेरो लागि गर्वको विषय हो । अब, जापानतर्फ यात्रामा निस्किएँ !’
एसियाली राष्ट्रहरूको सम्मेलन (आसियान शिखर सम्मेलन) का क्रममा राष्ट्रपति ट्रम्पले अक्टोबर २५ मा जापानकी नयाँ प्रधानमन्त्री ताकाइचीसँग पहिलोपटक टेलिफोन वार्ता गरेका थिए ।
जापानी प्रधानमन्त्री कार्यालयका अनुसार करिब १० मिनेट लामो संवादमा दुवै नेताले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय स्थिरता र सहयोग विस्तारमा जोड दिएका थिए ।