बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानको उत्तरी प्रान्त होक्काइडोको पूर्वी क्षेत्रमा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको छ। अधिकारीहरूले अझै थप कम्पन हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समय अनुसार बिहान १:४० बजे होक्काइडोको नेमुरो प्रायद्वीपको दक्षिणपूर्वी किनारबाट करिब ४० किलोमिटर गहिराइमा गएको हो। यस भूकम्पपछि सुनामीको कुनै खतरा छैन।
५.८ म्याग्निच्यूडको उक्त भूकम्पले नेमुरो शहरमा जापानी भूकम्प मापन स्केलमा ‘तलको ५’ (पाँचौं उच्च स्तर) मापन गरेको थियो।
एजेन्सीले प्रभावित क्षेत्रमा रहेका जनतालाई आगामी एक सातासम्म ‘तलको ५’ सम्मका थप कम्पन हुन सक्ने भन्दै सावधान रहन आग्रह गरेको छ।
एजेन्सीका अनुसार होक्काइडोको दक्षिणपूर्वी किनार नजिक समुद्री प्लेट भूमिगत प्लेटमुनि धकेलिँदै जाने स्थानमा यो भूकम्प गएको हो।
यसअघि बुधबार पनि नजिकै ५.१ म्याग्निच्यूडको अर्को भूकम्प गएको थियो, जसले होक्काइडोका केही क्षेत्रमा ४ मापन गरेको थियो ।