१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पाँच वर्षअघि लगाइएको प्रतिबन्ध हटेपछि पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)ले शनिबारदेखि बेलायतका लागि सीधा उडान पुनः शुरू गरेको छ।

सन् २०२० मा कराँची नजिक एयरबस ए३२० विमान दुर्घटना भई करिब १०० जनाको मृत्यु भएपछि बेलायत, युरोपेली संघ र अमेरिकाले पीआईएका उडानमा रोक लगाएका थिए ।

बेलायतले हवाई सुरक्षा मापदण्ड सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै प्रतिबन्ध हटाएपछि इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलबाट म्यानचेस्टरका लागि उडान पुनः शुरू भएको हो ।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले यो कदम पीआईएको विश्वसनीयता पुनःस्थापनाको महत्त्वपूर्ण उपलब्धि भएको बताए ।