१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । प्राविधिकहरूको एक स्वतन्त्र समितिले युद्धपछिको गाजा सञ्चालनको जिम्मा लिने कुरामा हमाससहित मुख्य प्यालेस्टिनी राजनीतिक समूहहरू शुक्रबार सहमत भएका छन् ।

हमासको वेबसाइटमा प्रकाशित संयुक्त वक्तव्यका अनुसार कायरोमा भएको एक बैठकका क्रममा समूहहरूले गाजा पट्टीको प्रशासन स्वतन्त्र प्राविधिकहरू मिलेर बनेको अस्थायी प्यालेस्टाइनी समितिलाई हस्तान्तरण गर्न सहमत भएका छन् ।

समितिले अरब र अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा जीवन र आधारभूत सेवाको व्यवस्थापन गर्ने बताइएको छ ।

वक्तव्यमा भनिएको छ, ‘समूहहरू प्यालेस्टाइनको सङ्कटको सामना गर्न साझा अडानलाई एकताबद्ध गर्न काम गर्न सहमत भएका छन् ।’

प्राविधिक समितिले ‘राष्ट्रिय रणनीतिमा सहमत हुन र प्यालेस्टाइन मुक्ति सङ्गठन (पीएलओ) लाई प्यालेस्टाइनी जनताको एकमात्र वैध प्रतिनिधिको रूपमा पुनर्जीवित गर्न’ सबै शक्ति र समूहहरूको बैठक आह्वान गरेको थियो ।