बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)की पहिलो महिला अध्यक्ष सनेई तकाइची जापानको प्रधानमन्त्री नियुक्त भएकी छिन् ।
जापानको पुरुष–प्रधान राजनीतिमा दुर्लभ रूपमा शीर्ष स्थानमा पुगेकी ६४ वर्षीया ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।
उनी पूर्वप्रधानमन्त्री सिन्जो आबेका नजिकका सहयोगी र उनकै रूढिवादी दृष्टिकोणकी दृढ समर्थक हुन् ।
साथै, उनले पूर्वबेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरलाई आफ्नो प्रेरणाका रूपमा सम्मान गर्दै आएकी छिन् ।
चीन र कोरियाले विवादास्पद मानेको यासुकुनी मन्दिरमा नियमित रूपमा दर्शन गर्न जाने ताकाइचीलाई ‘चिनियाँ बाज’ भनेर पनि चिनिन्छ ।
यो मन्दिर जापानको द्वितीय विश्वयुद्धकालीन आक्रमणको प्रतीक मानिँदै आएको छ ।
जापान अझै लैङ्गिक समानताका सूचकाङ्कमा पछाडि रहेको अवस्थामा ताकाइचीले प्रधानमन्त्री पदका लागि चुनावी अभियानका क्रममा यस विषयमा धेरै चर्चा गरेकी थिइनन् ।
तर, पार्टीको अध्यक्षमा निर्वाचित भएपछि उनले भनेकी थिइन्, ‘अब एलडीपीको पहिलो महिला अध्यक्ष भएपछि यसको रूपरेखा केही परिवर्तन हुनेछ ।’
सन् १९९३ मा आफ्नै गृहनगर नारा प्रान्तबाट संसद्मा निर्वाचित भएकी ताकाइचीले त्यसयता आर्थिक सुरक्षा, आन्तरिक मामिला र लैङ्गिक समानता मन्त्रालयका जिम्मेवारी बहन गर्दै आएकी छिन् ।
यद्यपि, उनको कूटनीतिक अनुभव सीमित रहेको बताइन्छ ।