१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । बङ्गलादेशका वकिलहरूले मुलुकबाट पलायन भएकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय दिन अदालतमा माग पेस गरेका छन् ।

हसिनाले सन् २०२४ जुलाई–अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहलाई दमन गर्ने क्रममा घातक दमनको आदेश दिएको बिहीबार अभियोजन गरिएको आरोपमा भनिएको छ ।

जसका कारण झडपमा एक हजार चार सय जनाको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले पनि यस झडपमा ठूलो सङ्ख्यामा जनधनको क्षति भएको पुष्टि गरेको छ ।

मुख्य अभियोजक ताजुल इस्लामले अदालत बाहिर पत्रकारहरूसँग कुरा गर्दै भने, ‘हामी उहाँलाई उच्चतम सजायको माग गर्दैछौं । एकल हत्याका लागि मृत्युदण्ड नियम हो, तर एक हजार चार सय हत्याका लागि कम्तीमा एउटा मृत्युदण्डको माग उचित छ ।’​

अभियोजनका अनुसार ७८ वर्षीया हसिना यस घटनाको केन्द्रविन्दु थिइन् र जुलाई–अगस्ट विद्रोहको समयमा भएका सबै अपराधहरू उनको वरिपरि केन्द्रित थिए ।