१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पाकिस्तान र अफगानिस्तानबीच बुधबार ४८ घण्टे युद्धविरामका लागि सहमति भएको छ।

नयाँ चरणको सीमा भिडन्तमा दर्जनौं सेना र सर्वसाधारणको मृत्यु भए उनीहरूबीच युद्धविरामका लागि सहमति भएको अधिकारीहरूले बताएका छन् ।

काबुल र अफगानिस्तानका अन्य स्थानमा भएको विस्फोटपछि दुई छिमेकीबीच एक हप्तासम्म जारी हिंसालाई रोक्ने प्रयासस्वरूप अस्थायी युद्धविरामको घोषणा गरिएको हो ।

तालिबान सरकारले प्रतिशोधको रूपमा आफ्नो दक्षिणी सीमाका केही भागहरूमा आक्रमण सुरु गरेपछि इस्लामाबादले कडा प्रतिक्रिया जनाएको थियो ।

इस्लामावादले अफगानिस्तानमाथि पाकिस्तानी तालिवान (टीटीपी)को नेतृत्वमा रहेको लडाकू समूहलाई आफ्नो भूमिमा आश्रय दिएको आरोप लगाएको छ।

अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएका दुई विस्फोटपछि काबुलमाथि कालो धुवाँको मुस्लो उठेको देखिएको एएफपीका पत्रकारहरूले बताएका छन्।