१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि गाजाका हजारौं विस्थापित प्यालेस्टिनी नागरिक घर फर्किन थालेका छन् ।

बीबीसीका अनुसार गाजा शहरबाट विस्थापित परिवारहरू दक्षिण गाजाबाट पैदल २० किलोमिटरभन्दा बढी यात्रा गर्दै उत्तरी गाजातर्फ फर्किरहेका छन् ।

इजरायली सेनाले युद्धविराम र बन्धक फिर्तीको तयारीका लागि सैन्य कारबाही रोकिएको जनाएको छ।

दुई वर्ष लामो युद्धपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमा सहमति भएको युद्धविरामले बन्धक परिवारमा आशा जगाएको छ।

सम्झौताअनुसार हमासले अपहरणमा परेका २५१ जनामध्ये जीवित तथा मृत ४७ जनालाई हस्तान्तरण गर्नेछ।

इजरायलले पनि १ हजार ७०० प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। तर, नेपाली नागरिक विपिन जोशीको अवस्थाबारे अझै पनि स्पष्टता आएको छैन ।