बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अस्ट्रेलिया र भारतबीच इन्डो–प्यासिफिक क्षेत्रमा स्थिरता कायम राख्ने उद्देश्यले बिहीबार नयाँ द्विपक्षीय सुरक्षा सम्झौता भएको छ । उक्त सम्झौतामा दुवै देशका रक्षामन्त्रीले हस्ताक्षर गरेका हुन् ।
अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेस र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भएको सम्झौतालाई अस्ट्रेलियाले ‘इन्डो–प्यासिफिक स्थिरतालाई मजबुत बनाउने ऐतिहासिक कदम’ भनेर व्याख्या गरेको छ । सिंह सन् २०१३ पछि अस्ट्रेलिया भ्रमण गर्ने पहिलो भारतीय रक्षामन्त्री हुन् ।
मार्लेसको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारत र अस्ट्रेलिया शीर्ष–स्तरीय सुरक्षा साझेदार हुन् र हाम्रो रक्षा सहकार्यले इन्डो–प्यासिफिक क्षेत्रको स्थिरतामा व्यावहारिक प्रभाव पार्दछ ।’
उक्त सम्झौताअनुसार दुवै देशका सेनाबीच संयुक्त कर्मचारी वार्ता गर्ने स्थायी संयन्त्र स्थापना हुनेछ, जसले पनडुब्बी उद्धारमा सहयोग पुर्याउनेछ ।
हस्ताक्षर समारोहअघि मन्त्री मार्लेसले भने, ‘आजको यो सम्झौता हाम्रो रक्षा साझेदारीमा उल्लेखनीय वृद्धि हो, जसले दुवै राष्ट्रको साझा सुरक्षा लक्ष्य र भविष्यप्रतिको प्रतिबद्धता झल्काउँछ ।’
हालै जुलाईमा भारतले पहिलो पटक अस्ट्रेलियामा आयोजित द्विवार्षिक तालिस्मन सेबर बहुराष्ट्रिय सैन्य अभ्यासमा भाग लिएपछि दुवै देशबीचको रक्षा सम्बन्ध अझ प्रगाढ बनेको थियो ।