१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा निरन्तरको वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । साथै अन्य धेरै घाइते भएका अधिकारीहरूले सोमबार बताएका छन् ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ६२६ किलोमिटर उत्तरमा रहेको दार्जिलिङ सहरमा आइतबार पहिरो जाँदा घरहरू बगाएको थियो भने सडकहरू कटान हुनुका साथै गाउँहरू तहसनहस भएको जनाइएको छ ।

प्रकोपले व्यापक विनाश गर्नुका साथै हिमालयको फेदमा रहेको बस्तीका सयौं बासिन्दाका साथै पर्यटकहरू प्रभावित भएको जनाइएको छ ।

प्रकोपका कारण सूचना तथा सञ्चार सञ्जालहरू पनि बन्द भएको अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूका अनुसार दार्जिलिङमा आइतबार भारी वर्षा हुँदा मिरिक र सुखिया पोखरीसहित धेरै क्षेत्रमा पहिरो गएपछि प्रहरी तथा विपद् व्यवस्थापन अधिकारीहरूले उद्धार अभियान शुरू गरेका थिए ।