१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । उत्तरी जापानमा च्याउ टिप्ने क्रममा भालुले आक्रमण गरेपछि एक महिलाको मृत्यु भएको छ । थप एक जना बेपत्ता भएका प्रहरीले जनाएको छ ।​ 

हालसालैका वर्षहरूमा जापानमा आवासीय क्षेत्रहरूमा पनि घट्दो मानव जनसङ्ख्या र जलवायु परिवर्तन जस्ता कारण अधिक मात्रामा जङ्गली भालुहरू देखिएका छन् ।

महिलालाई भालुले आक्रमण गरेपछि स्थानीय तथा मिडियाले प्रहरीलाई रिपोर्ट गरेका र अझै मृत्युको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मृतकको शरीरमा भएको चोटका आधारमा जनावरले आक्रमण पुष्टि भएको सार्वजनिक प्रसारणकर्ता एनएचकेले जनाएको छ ।

असाही सिम्बु दैनिकका अनुसार नागानो प्रान्तमा ७८ वर्षीय व्यक्तिको शव फेला परेको र मृत्यु भालुको आक्रमण बाट भएको प्रहरीले अनुमान गरेको रिपोर्ट गरेको छ ।

गत महिना, जापानले भालुको आक्रमणमा वृद्धि भएपछि निर्मित क्षेत्रहरूमा शिकारीहरूलाई राइफल प्रयोग गर्न सजिलो बनाउन हात हतियारसम्बन्धी नियमहरू सहज बनाएको थियो ।

एनएचकेका अनुसार भालुको आक्रमणबाट राष्ट्रव्यापी रूपमा ६९ जना घाइते भएका थिए, जस मध्ये पाँच जनाको यस वर्षको अप्रिल र अगस्टको बीचमा मृत्यु भएको थियो ।

सरकारी तथ्याङ्कले गत वर्षमा भालुले ८५ जनालाई आक्रमण गरेको र तीन जनाको मृत्यु भएको देखाएको छ ।

यसै गरी अघिल्लो वर्ष भालुले २१९ जनालाई आक्रमण गर्दा ६ जनाको मृत्यु भएको जनाइएको छ ।