बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई तत्काल रोकिएन भने रुसको आक्रमण युक्रेनबाहिर पनि फैलिने चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्दै उनले सहयोगी मुलुकहरूलाई अझ बलियो एकता देखाउन आग्रह गर्दै विश्व ‘मानव इतिहासकै सबैभन्दा विनाशकारी हतियार दौड’मा रहेको उल्लेख गरे ।
जेलेन्स्कीले कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी अन्तर्राष्ट्रिय नियम बनाउनुपर्नेमा जोड दिँदै स्वचालित ड्रोन र मानवविहीन विमान पारम्परिक युद्धभन्दा खतरनाक हुने दाबी गरे । उनले मोल्दोभा गुम्ने खतरा र जर्जिया–बेलारुसलाई बचाउन असफल भएको प्रसंग उठाए ।
यसैबीच, मोल्दोभाकी राष्ट्रपति माइया सान्दुले क्रेमलिनलाई हिंसा भड्काउन ‘सयौं मिलियन युरो खर्च गरेको’ आरोप लगाइन् । नाटो सदस्य एस्टोनिया, पोल्यान्ड र रोमानियाले आकाशसीमा उल्लंघनको विषयमा आपत्ति जनाएका छन् ।
जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटलाई ‘सफल’ भन्दै अमेरिकाबाट सुरक्षा ग्यारेन्टी र थप हतियार सहयोगको अपेक्षा व्यक्त गरे।
ट्रम्पले पनि युक्रेनले आफ्नो सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने विश्वास व्यक्त गर्दै रुसलाई ‘कागजी बाघ’ को संज्ञा दिएका बीबीसीले लेखेको छ ।