१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । सिङ्गापुरमा वार्षिक आधारमा मापन हुने मूल्य वृद्धि (मुद्रास्फीति) दर अगस्ट महिनामा ०.३ प्रतिशतमा झरेको छ, जुन जुलाई महिनाको ०.५ प्रतिशतभन्दा कम हो । यो तथ्य सरकारी तथ्याङ्कले मङ्गलबार सार्वजनिक गरेको हो ।

व्यापार तथा उद्योग मन्त्रालय र सिङ्गापुरको मौद्रिक प्राधिकरणले संयुक्त विज्ञप्तिमा सेवासम्बन्धी मूल्य वृद्धिमा भएको कमीले कुल मूल्य वृद्धिलाई कम गरेको बताएको छ ।

महिनाका आधारमा मूल्य सूचकाङ्कमा ०.१ प्रतिशतको वृद्धि देखिएको छ ।

यस सूचकाङ्कले आवास र निजी यातायात खर्चलाई बाहिर राखेर उपभोक्तामाझ मागमा आधारित मूल्य वृद्धिलाई मापन गर्छ ।​

अगस्ट महिनामा वार्षिक आधारमा यो ०.५ प्रतिशत पुगेको छ, जुन जुलाइको ०.६ प्रतिशतभन्दा कम हो ।

विज्ञप्तिमा मूल मूल्य वृद्धि घट्नुका साथै आवाससम्बन्धी मूल्य वृद्धि पनि घटेको उल्लेख गरिएको छ ।