१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । सिरियाको उत्तरी क्षेत्रमा सरकारी सेनाको आक्रमणमा परी पाँच महिला र दुई बालबालिकासहित सात जना सर्वसाधारणको मृत्यु भएको छ ।

मानवअधिकार अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार, घटना अलेप्पो प्रान्तको देइर हाफेर क्षेत्रमा पर्ने उम्म तिना गाउँमा भएको हो ।

यो क्षेत्र सिरियन प्रजातान्त्रिक फौज (एसडीएफ) र सरकारी सेनाबीचको सीमा रेखामा पर्छ, जहाँ बेला–बेला झडप भइरहन्छ ।

संस्थाका प्रमुख रामी अब्देल रहमानले यो घटना केही महिनायता उत्तरी सिरियामा सबैभन्दा बढी मानवीय क्षति भएको बताएका छन् ।

अनुगमन संस्थाले शनिबार बिहानै उक्त क्षेत्रमा ड्रोन र भारी हतियार प्रयोगसहितको सशस्त्र झडप भएको जानकारी दिएको थियो ।

कुर्द नेतृत्वमा रहेको एसडिएफले वक्तव्य जारी गर्दै दमास्कस सरकारसँग आबद्ध टर्की समर्थित समूहहरूले सर्वसाधारणका घरहरूलाई लक्षित गर्दै तोपगोलाबारी र ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।

एसडीएफले पनि मृत्यु हुनेको सङ्ख्या सात जना नै रहेको जनाएको छ ।

सिरियाको उत्तर र उत्तरपूर्वी भूभागमा कुर्दहरूको अर्ध–स्वायत्त प्रशासनले नियन्त्रण जमाएको छ ।

यो क्षेत्रमा रहेका तेल तथा ग्यास क्षेत्रहरू पनि उनीहरूकै नियन्त्रणमा छन् ।