१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । उपभोग र लगानीको राम्रो प्रवृत्तिका कारण स्पेन सरकारले सन् २०२५ का लागि देशको आर्थिक वृद्धिको अनुमान २.६ प्रतिशतबाट बढाएर २.७ प्रतिशतमा पुर्‍याएको छ ।

अर्थमन्त्री कार्लोस कुएर्पोले पत्रकार सम्मेलनमा यसलाई ‘सावधानीपूर्वक गरिएको अनुमान’ भन्दै देशको अर्थतन्त्र बलियो अवस्थाबाट अघि बढिरहेको टिप्पणी गरे ।

‘यो संशोधनले हाम्रो अर्थतन्त्रको मजबुती पुष्टि गर्छ,’ उनले भने । स्पेन सन् २०२४ मा विश्वकै सबैभन्दा तीव्र गतिमा वृद्धि हुने विकसित देश बनेको थियो र सन् २०२५ मा पनि यो गति कायम रहने अपेक्षा गरिएको छ ।

स्पेनको केन्द्रीय बैंकले पनि २०२५ को आर्थिक वृद्धिको पूर्वानुमान २.४ प्रतिशतबाट बढाएर २.६ प्रतिशतमा पुर्‍याएको छ । बैङ्कले उत्पादन र मागमा देखिएको स्थायित्वलाई यसको मुख्य कारण मानेको छ ।

सन् २०२५ को दोस्रो त्रैमासिकमा स्पेनको कुल गार्हस्थ उत्पादन (जीडीपी) ०.७ प्रतिशतले वृद्धि भएको थियो, जुन युरोजोनको औसत ०.१ प्रतिशतभन्दा धेरै माथि हो ।

स्पेनको अर्थतन्त्र सन् २०२४ मा ३.२ प्रतिशतले वृद्धि भएको थियो ।