बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानको कुल जनसङ्ख्याको २९.४ प्रतिशत ६५ वर्ष र सोभन्दा माथिका वृद्धवृद्धा रहेको एक तथ्याङ्कले देखाएको छ ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सेप्टेम्बर १५ सम्ममा वृद्धवृद्धाको सङ्ख्या तीन करोड ६० लाख १९ हजार हुने अनुमानित तथ्याङ्क सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार, जापानमा वृद्ध पुरुषको सङ्ख्या एक करोड ५६ लाख र वृद्ध महिला दुई करोड ५१ लाख छन् ।
यसरी हेर्दा वृद्ध महिलाको सङ्ख्या वृद्ध पुरुषभन्दा ४८ लाख ३० हजारले बढी छ ।
मन्त्रालयले कुल जनसङ्ख्यामा ज्येष्ठ नागरिकहरूको हिस्सा ०.१ प्रतिशत विन्दुले बढेर अहिलेसम्मकै उच्च २९.४ प्रतिशत हुने जनाएको छ ।
मन्त्रालयको श्रम शक्ति सर्वेक्षणका अनुसार गत वर्ष ९३ लाख ज्येष्ठ नागरिकहरू रोजगार रहेको देखिएको थियो ।
यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा एक लाख ६० हजारले वृद्धि हो र यो दर उच्च हो।
जापानमा ६५ वर्ष र त्योभन्दा बढी उमेरका व्यक्तिहरूको रोजगारी दर ०.५ प्रतिशत विन्दुले बढेर २५.७ प्रतिशत पुगेको छ।
यो दर ६५ देखि ६९ वर्ष उमेर समूहका लागि ५३.६ प्रतिशत, ७० देखि ७४ वर्षका लागि ३५.१ प्रतिशत र ७५ वर्ष र माथिका व्यक्तिहरूको १२ प्रतिशत रहेको छ।
मन्त्रालयले यस प्रवृत्तिका लागि श्रम अभाव र विस्तारित सेवा निवृत्ति उमेरलाई जिम्मेवार ठहराएको छ ।
यहाँ वृद्ध व्यक्तिहरूको सक्रिय रहनको लागि अवसरहरू विस्तार भइरहेको छ र काम गर्ने वरिष्ठहरूको सङ्ख्या बढ्दै जाने अपेक्षा गरिएको छ।