बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । मध्य चीनको हेनान प्रान्तमा परेको अविरल वर्षाले विद्यालय बन्द हुनुका साथै यातायात प्रणालीमा अवरोध उत्पन्न गरेको छ । राजधानी झेङ्झाउमा बिहीबारदेखि नै रातो चेतावनी जारी गरिएको छ ।
शहरले बाढी नियन्त्रण आपत्कालीन प्रतिक्रिया शुरू गरेपछि गैर–बोर्डिङ प्राथमिक तथा माध्यमिक विद्यालय र किन्डरगार्टेनहरूले कक्षा स्थगित गरेका छन् । साथै स्थानीय बासिन्दाहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।
बिहीबार बिहानसम्म वर्षा र जलमग्न भएका कारण प्रान्तभरका दर्जनौं राजमार्ग टोल स्टेसनहरू बन्द गर्न वा सवारी आवागमनमा प्रतिबन्ध लगाउन बाध्य भएको यातायात अधिकारीहरूले बताएका छन् ।
बुधबार बिहानदेखि बिहीबार बिहानसम्मको अवधिमा हेनानका विभिन्न क्षेत्रमा मुसलधारे वर्षा भएको थियो ।
जुचाङ, झोउको, लुओहे र नान्याङका धेरै भाग प्रभावित भएका छन् ।
जुचाङ, ताइकाङ र फुगौ काउन्टीहरूमा मात्र ४७ वटा वर्षा तथा आँधीबेहरी चेतावनी जारी भएको थियो ।
राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार, बिहीबार बिहान ८ बजेसम्म जुचाङले २४ घण्टामा १६३.८ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो देशकै उच्चतम हो ।
प्रान्तीय यातायात अधिकारीहरूले बाढी नियन्त्रण तथा उद्धारका लागि १० हजारभन्दा बढी जनशक्ति परिचालन गरेको बताएका छन् ।