१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको नयाँ प्रकोपको घोषणा गरेका छन् ।

इबोलाले अगस्टको अन्त्यदेखि अहिलेसम्म १५ जनाको ज्यान लिइसकेको कङ्गोका स्वास्थ्य मन्त्रीले बिहीबार बताए ।

राजधानी किन्शासामा पत्रकारहरूसँग कुरा गर्दै स्यामुअल रोजर काम्बाले मध्य कसाई प्रान्तमा नयाँ प्रकोप देखिएको बताएका हुन् ।

मध्य अफ्रिकी देशमा इबोलाको अन्तिम प्रकोप तीन वर्षअघि फैलिएको थियो जसमा छ जनाको मृत्यु भएको थियो ।

अपुस्ट तथ्याङ्कअनुसार, किन्शासामा इबोला सङ्क्रमित २८ जना बिरामी भेटिएका छन्, जसमध्ये पहिलो सङ्क्रमण अगस्ट २० मा अस्पतालमा भर्ना भएकी ३४ वर्षीया गर्भवती महिलामा देखिएको थियो ।

काम्बाले भने, ‘यो हाम्रो देशमा रेकर्ड गरिएको १६ औं प्रकोप हो।’

पहिलो पटक सन् १९७६ मा पहिचान भएको र चमेरोबाट आएको ठानिएको इबोला एक घातक भाइरल रोग हो जुन शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट फैलिन्छ, जसले गर्दा अत्यधिक रक्तस्राब हुन्छ र अङ्गहरू बिग्रन्छन् ।