१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । गत हप्ता इन्डोनेसियामा भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

यो तथ्य राष्ट्रिय मानव अधिकार आयोग (कोम्नास ह्याम)ले बुधबार पुष्टि गरेको हो । अशान्तिका कारण मृत्यु भएको रिपोर्ट गर्ने अन्य अधिकार समूहहरू पनि छन् ।

विरोध प्रदर्शन आर्थिक असमानता र सांसदहरूका लागि भव्य सुविधाप्रति असन्तुष्टिबाट उत्पन्न भएको थियो ।

अर्धसैनिक एकाइले एक युवा चालकको हत्या गरेको फुटेज सार्वजनिक भएपछि प्रदर्शनकारीहरूले प्रहरीविरुद्ध आक्रोश पोखेका छन् ।​ 

कोम्नास ह्यामका प्रमुख अनिस हिदायाहका अनुसार, मृतकमध्ये केही अधिकारीको अत्यधिक बल प्रयोगका सिकार भएका हुनसक्ने सङ्केत छन् । मृतकहरू ग्रेटर जकार्ता, दक्षिण सुलावेसीको मकस्सर, मध्य जाभा र पपुवा क्षेत्रमा रहेका छन् ।

अनिसका अनुसार, नौ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् र हजारौंलाई हिरासतमा लिइएको छ, जसमा अधिकांशलाई पछि रिहा गरिएको छ ।