१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारतको जम्मू-कश्मीर क्षेत्रमा अत्यधिक वर्षापछिको बाढीले चार बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । 

पछिल्ला दिनहरूमा परेको भारी वर्षाले रामबन र रियासी जिल्लामा बाढीको स्थिति सिर्जना गरेको छ । जसमा ५ वर्षका एक बालक अझै बेपत्ता छन् ।

स्थानीय आपतकालीन अधिकारीका अनुसार शुक्रबार राति बाढीले ती क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो ।

भारतको मौसम विभागका अनुसार, जम्मू र उधमपुरमा २४ घण्टामा २९६ मिलिमिटर र ६२९ मिलिमिटर वर्षा भएको छ, जुन विगतका रेकर्डभन्दा धेरै बढी हो ।

बाढी र माटोको धसाव जस्ता घटनाहरू सामान्यतः जुनदेखि सेप्टेम्बरसम्मको वर्षा याममा हुन्छन्, तर विशेषज्ञहरूले जलवायु परिवर्तन र अत्यधिक निर्माण कार्यका कारण यस किसिमका घटनाहरूको जोखिम बढेको चेतावनी दिएका छन् ।

हिमालय क्षेत्रमा केन्द्रित अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्रका जलवायु विशेषज्ञहरूका अनुसार, अत्यधिक वर्षा र हिमालयका ढल्किएका पहाडहरूमा निर्माण कार्यले बाढीको जोखिमलाई थप बढाएको छ ।

अघिल्लो महिना, १४ अगस्तमा चिसोटी गाउँमा बाढीका कारण कम्तीमा ६५ जनाको ज्यान गएको थियो भने ३३ जना अझै बेपत्ता छन् ।

५ अगस्तमा उत्तराखण्ड राज्यको धाराली नगरमा पनि बाढी र माटोको धसावले ठूलो क्षति पुर्याएको थियो, जसका कारण ७० जनाभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ, यद्यपि यो तथ्यांक पुष्टि गरिएको छैन ।