१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारतको जम्मू-कश्मीरस्थित डोडा क्षेत्रमा मंगलबार परेको भीषण वर्षापछि आएको आकस्मिक बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने केही अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

सबैभन्दा धेरै प्रभावित क्षेत्रहरूमा गान्डोह, ठाठरी र रामबन पर्न आएका छन्। बाढी र पहिरोका कारण धेरै स्थानमा जनधनको क्षति भएको बताइएको छ।

‘बिहान गान्डोह क्षेत्रमा बाढी आएको थियो जसमा एक जनाको मृत्यु भएको छ। घटनास्थल बसोबास नभएको क्षेत्र भएकाले ठूलो क्षति भने भएको छैन,’ एक प्रहरी अधिकारीले सिन्ह्वासँगको टेलिफोन वार्तामा जानकारी दिए।

जिल्ला प्रशासनका अनुसार डोडा जिल्लाको टन्टा र ठाठरी क्षेत्रमा पनि वर्षासँग सम्बन्धित घटनामा तीन जनाको मृत्यु भएको छ।

मिडिया रिपोर्टहरू अनुसार डोडा क्षेत्रमा करिब १० वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् र बाढीले धेरै सडकहरू बगाएको छ।

स्थानीय विपद् व्यवस्थापन टोली घटनास्थलमा पुगेर बेपत्ताहरूको खोजी कार्यमा जुटेको छ।